२०७८ माघ ९, आईतवार ०७:३०

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी करिब तीन दर्जन कार्यकर्ताहरुले प्रवेश गरेका छन् ।

स्थानीय माधव नारायण नगरपालिका– ७ का अन्य पार्टीका वडा कमिटी तथा नगर कमिटीका सदस्यहरुले सामूहिक रुपमा पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गरेका हुन् ! नेपाल सरकारले कोभिड १९ को संक्रमणलाइ नियन्त्रण तथा रोकथाम गर्नको लागि घोषणा गरेको स्वास्थ्य मापदण्ड अनुसार गौर स्थित एक होटेलमा शनिबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा डाक्टर उमेश कुमार अधिकारी , महेश अधिकारी , जनक साह तेली , नथुनी सुढ़ी , राम सोगारथ माली , राम किशोर तत्मा , मोहमद सैनुल , राकेश साह कानु लगायतलाई नेकपा एस का सांसद सरला यादवले अबिर माला लगाइ पार्टी प्रवेश गराएकी छिन् । पार्टी प्रवेश कार्यक्रममा संघीय सांसद यादवले नेकपा एस मुलुकको कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने एक मात्र पार्टी रहेको बाताएका छन् । कम्युनिष्ट आन्दोलन तथा संविधानको अस्तित्व समाप्त पर्न खोज्ने विरुद्ध संघर्ष गरेर लोकतन्त्र तथा संघीयता र संविधानको रक्षा पांच दलीय गठबन्धनले गरेको जिकिर समेत गरे । जिल्ला अध्यक्ष कमल यादवको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश सदस्य शम्भु साह लगायतका नेताहरुले आ आफ्नो मन्तव्य राख्दै नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News

Latest News

Trending News