२०७८ माघ ९, आईतवार ०७:३३

जनकपुरधाम । जनकपुरधाममा ज्योति आँखा अस्पताल प्राइभेट लिमिटेडको उद्घाटन गरिएको छ ।

जनकपुरधाम उप– महानगरपालिका–९ रामनन्द चोकमा रहेको अस्पतालमा शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । सो अस्पतालमा आँखा सम्बन्धी विभिन्न रोगहरुको लागि अ‍ो. पी. डी. सेवा , पश्मा कन्टेक लेन्स सेवा , गोतिविन्दु शल्यक्रिया , कृत्रिम आँखा सेवा, जलबिन्दु शल्यक्रिया ,टकनीको शल्यक्रिया ,आँसु नलीको शल्यक्रिया , कस्मेटिक शल्यक्रिया , मासु पलाएको शल्यक्रिया , डाग्नोष्टिक सेवा, फार्मेसी सेवा, ल्याब सेवा सहितका सेवाहरु प्रदान गरिने जनाइएको छ । बरिष्ट नेत्ररोग विशेषज्ञ सबिन साहु लगायतका चिकित्सकहरुले उपचार गर्ने अस्पतालको उद्घाटन कार्यक्रममा छाला रोग विशेषज्ञ डा.रामज्ञान यादव,प्राध्यापक डा. रोहित साइजु, मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झा, दाता रोग विशेषज्ञ डा. निमु यादव सहित विभिन्न पक्षका व्यक्तित्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News