२०७८ माघ ९, आईतवार ०७:४८

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको बागमती पुलमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा हरिवन नगरपालिका–५ घुर्कौलीका ३४ वर्षीय सुनिल बम्जन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शुक्रबार राति बाग्मती नगरपालिका–१२मा रहेको बाग्मती पुलमा बा ९४ प ५९०८ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बम्जनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा रौतहटको बाटोमै उनको मृत्यु भएको जनाइएको छ ।

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News