२०७८ माघ ९, आईतवार ०८:०७

जलेश्वर । महोत्तरी जिल्लामा आत्महत्याको घटनामा दिनानुदिन वृद्धि भएर गएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा जिल्लाभरिका ४४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांकले देखाएको छ । कात्र्तिकमा ५ ,मंसिरमा १९ तथा पुसमा २० जनालेले आत्महत्या गरेको हो । सो मध्ये १८ जना पुरुष ,१३ जना महिला ,चार जना बालक ,८ बालिका तथा एक जना अबोध बालक रहेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेहरुमा सबभन्दा बढी ११ देखि १८ वर्ष उमेर समूहका तीन जना पुरुष तथा ११ जना महिला रहेका छन् । त्यस्तै ०देखि १० वर्ष उमेर समूहका एक जना,१९देखि २५ वर्ष उमेर समूहका दुइ जना पुरुष तथा दुइजना महिला ,२६ देखि ३५ वर्ष समूहका तीन जना महिला ,३६देखि ४५ वर्ष उमेर समूहका दूइ पुरुष एक महिला ,४६ देखि ६० वर्ष उमेर समूहका दुइ जना पुरुष तथा ६० वर्ष भन्दा माथिका १ जना पुरुष रहेको जिप्रका महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जनाए । उनले दिएको जानकारी अनुसार ४३ जनाले पासो लगाइ झुण्डिएर आत्महत्या गरेका छन् भने १ जना बालिकाले विष सेवन गरी आत्महत्या गरेको हो । तथ्यांक हेर्ने हो भने प्रत्येक करिब करिब प्रत्येक दुइ दिनमा एक जनाले जिल्लामा आत्महत्या गर्ने गरेको देखिएको छ ।

Comment

Related News

Latest News

Trending News