२०७८ माघ ९, आईतवार ११:३६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।

केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।

हाल उहाँहरु दुवैजना बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। संक्रमण भएसँगै वक्तव्यमार्फत पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने बताइएको छ ।

Comment

Related News

Latest News

Trending News