२०७८ माघ ९, आईतवार १२:३९

भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजारमा कोभिड संक्रमण देखिएको छ। यो शनिवारको तुलनामा केही कम हो। पछिल्लो समयमा कोभिडबाट विश्वमा अमेरिकापछि भारत सबैभन्दा प्रभावित छ।

भारतमा एक महिनादेखि कोभिडको तेस्रो लहर चलेको छ। नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा कोभिड संक्रमण तीव्र दरमा फैलिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घन्टामा ५२५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये खोपै नलगाएका वा एक पटक मात्र लगाएका छन् । मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ५ दशमलव ५७ प्रतिशत सक्रीय संक्रमित छन् भने कोभिडबाट निको हुने दर घटेर ९३ दशमलव १८ प्रतिशत पुगेको छ ।

Comment

Related News

Latest News

Trending News