२०७८ माघ ९, आईतवार १२:४३

ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको ज्यान गएको  छ ।  ती जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका-१ की ७ वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

ओखलढुङ्गाकाे गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको १ ज ३५६९ नम्बरको जीपलाई नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुङ्गा पल्टिएर किचेकाे हाे ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेका अनुसार जीपमा रहेका देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते भएका छन् ।

सिद्दिचरण नगरपालिका-३ मा सडक निर्माण गर्दै गरेको डोजरले आज बिहान माथिबाट लडाएको ढुङ्गाले सडकमा गुडिरहेको जीपलाई किचेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये देवबहादुर श्रेष्ठ र सञ्जीव श्रेष्ठलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डाै पठाउने तयारी भइरहेको डीएसपी काफ्लेले बताउनु भयो।

Comment


Related News