२०७८ माघ ९, आईतवार १४:३४

बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा मन्दिर उद्घाटनको बिषयमा लिएर दुई पक्षबिच झडप भएको छ ।

प्रदेश २ को पुर्व भौतिक पुर्वाधार तथा विकाश मन्त्री जितेन्द्र सोनार कै कार्यकर्ता र स्थानीय युवा बिच झडप भएको हो ।  प्रदेश सभा सदस्य सोनारले पुख्र्यौली गाँउमा बनेको ब्रहमबाबाको मन्दिर जवरजस्ती उद्घाटन गर्न खोजेपछि झडप भएको स्थानीयबासीले बताएका छन ।  स्थानीयका अनुसार सोनार भौतिक पुर्वाधार तथा विकाश मन्त्री हुदाँ मन्दिर निर्माणका लगाी ८ लाख बजेट छुट्याएका थिए । भने गाँउपालिकाले ५ लाख बजेट छुट्याएपछि मन्दिर निर्माण सम्पन्न भएको हो । शनिबार सम्पन्न भएको मन्दिरको उद्घाटन सोनारले नै गर्न जवरजस्ती खोजेपछि विरोध भएको हो ।

जनताले तिरेको करबाट आएको सहयोग रकममा व्यक्तिले तानाशाही तरीकामा मन्दिर उद्घाटन गरेर व्यक्तिगत नामको सिलालेख लगाउने तयारी गरेपछि विरोध भएको स्थानीय राजेश यादवले बताए ।  उनका अनुसार जनताको भावना विपरित प्रहरी परिचालन गरेर ब्रहमबाबाको मन्दिर जवरजस्ती उद्घाटन गर्न र आफ्नो नामको शिलालेख लगाउन थालेपछि विरोध भएको हो ।  सोनार मन्दिर उद्घाटन गर्न प्रहरी परिचालन गरेर पुगेपनि स्थानीय युवाहरुले विरोध गरेपछि उनी सहित उनका कार्यकर्ता लखेटेका थिए । सोनारलाई स्थानीय युवा घेराउ गर्ने थालेपछि प्रहरीले उनलाई बचाएर सुरक्षित स्थानमा लगेका हुन ।

किन गर्छन सोनार धर्ममा राजनिति ?

प्रदेश सभा सदस्य सोनार पटक पटक मन्दिर ,मस्जिद उद्घाटन र आफ्नो नामको शिलालेख लगाउनका लागी मरिहते गर्ने गरेका छन ।  लोसपा नेता सोनार विगतमा पनि धर्मको नाममा उद्घाटन र आफ्नो नामको शिलालेख लगाउनका विवाद गर्दै आएका छन । उनी धर्ममा राजनिति गर्ने खोजेपछि पटकपटक बिरोध भएको कतिपय उदाहरण छन ।  उनले परवानीपुर गाँउपालिका कै वडा नम्बर १ बुनियादमा गत २०७६ चैत ११ मा स्थानीय दलितलाई पुजाबाट रोक लगाएर महायज्ञको उद्घाटन गरेका थिए ।

त्यसबेलामा पनि स्थानीय दलित परिवार पनि उनको विरोध गरेका थिए । यसअघि उक्त गाँउपालिकाको वडा नम्बर ५ नौतममा पनि सार्वजनिक धर्मशालाको उद्घाटनमा वडा अध्यक्ष रामेश्वर कलवारले विरोध गरेपछि प्रहरी परिचालन गरेर उद्घाटन गरे । त्यसबेला सार्वजनिक धर्मशाला निर्माणमा अनियमितता भएको ठहर भएपछि हतार हतारमा धर्मशाला उद्घाटन र शिलालेख लगाउनका लागी नै वडा अध्यक्ष कलवार सहित ५ जनालाई प्रहरी हिरासतमा पुरयाएका थिए । उनी निकटका अनुसार सोनार सस्तो लोकप्रियता लागी धर्म , शिक्षामा राजनिति गर्ने गरेका छन ।  केहि दिन अगाडी प्रदेश २ को राजधानी जनकपुर घोषणा भएपछि चर्चामा आउनलाई आफ्नो घर अज्ञात समुह द्धारा तोडफोड भएको भनेर हल्ला फिजाएका थिए । त्यसको पनि व्यापक विरोध भएपछि आलोचित नै भए ।

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News