कलैया । बारागढी गाउंपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत बकिल प्रसाद पाललाई गाउंपालिकामा जिम्मेवारी दिन माग गर्दै जसपाका नेता तथा कार्यकर्ताहरुले प्रर्दशन गरेका छन् ।
पाललाई काम गर्न दवाव सृजनाका लागि गठित संघर्ष समितिका संयोजक उमेश साहको नेतृत्वमा दर्जनौ सहभागितामा रहेका आन्दोलनकारीहरुले पालिकामा भएको भ्रष्टाचारी बन्दगर सहितका नारा लगाउंदै प्रर्दशन गरेको हो । १० दिन अगाडि पालिकामा उपाध्यक्ष लक्ष्मीरायले पाललाई हाजिर गराए पनि अध्यक्ष देवदत बछार थारुले खाता खोल्न अवरोध लगायतका कामकाज गर्न नदिएको भन्दै बाध्य भइ आन्दोलन गर्नु परेको पालिका अध्यक्षका प्रत्याशी उम्मेदवार एवम् जसपाका नेता अशोक प्रसाद जयसवालले बताए । संघीय मामिला तथा सामान्य प्रशासनको चलानी नम्बर ६२२ को पत्रबाट मिति २०७८ साल पुस २३ गतेको निर्णयबाट बकिललाई बारागढी गाउंपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरी २८ गते हाजिर हुनका लागि आदेश जारी भएको हँुदा उनले २८ गते पालिकामा हाजिर हुन आउंदा गाउंपालिकाका अध्यक्ष देवदत बछाडले आज भोली गरेर आलटाल गरेपछि पुनः २ ९ गते सरुवाको पत्र, निवेदन सहित हाजिर हुन जाँदा म हाजिर गराउन सक्दैन भनी जवाफ दिँदै दुइ दिन सम्म प्रतिक्षा गर्नु पर्छ भन्दै आलटाल गरेपछि वडाअध्यक्षहरु, वडा सदस्यहरुले उप–प्रमुख रायलाई हाजिर गराउन आग्रह गरेपछि रायले हाजिर गराएकी थिईन । राष्ट्रिय सर्तकता केन्द्र काठमाडौमा प्रशासकीय अधिकृतको रुपमा कार्यरत पाल विहीबार देखि विधिवत् रुपमा बारागढी गाउंपालिकामा हाजिर भएका थिए । पाल हाजिर भएको दर्ता चलानी नम्बर ५५६ रहेको उपप्रमुख रायले बताइन् ।
https://www.youtube.com/watch?v=O9G8Yeo_V04

