जनकपुरधाम । महोत्तरीको पिपरा गाउंपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारी गरेको छ ।
व्यापक अनियमितता भएको उजुरीको आधारमा मंगलबार आयोगको बर्दिवासबाट खटेको टोलीले छापामारी गरेको हो । कार्यालयमा छापामारी गरेर अख्तियारको टोलीले आवश्यक कागजात नियन्त्रणमा लिएको आयोग बर्दिबासका सूचना अधिकारी मनिराम ज्ञावालीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार विभिन्न व्यक्ति तथा संस्थाको नाउंमा गाउँपालिका कार्यालयमा अनियमितता भएको भन्दै ३२ वटा उजुरी परेको छ । जनप्रतिनिधि र कर्मचारीले मिलोमतो गरी विभिन्न योजनामा अनियमितता गरेको सहितका अख्तियारमा उजुरी परेको छ । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकामा छापामारी गरेको हो । अख्तियारको टोलीले कार्यालयमा करिब तीन घण्टासम्म कागज पत्र खोज तलाश गरेको थियो ।
छानबिनका लागि कागजातहरु नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । पिपरा गाउंपालिकाले सञ्चालन गरेको विकासे योजना, कर्मचारी भर्ना लगायतमा गापा अध्यक्ष विक्रम चौधरीले कर्मचारीहरुसंग मिलोमतो गरी अनियमितता गरेको भन्दै नेकपा एमाले बाहेकका ६ दलीय गठबन्धनले एक साताभन्दा बढी समयदेखि कार्यालय अगाडि धर्ना प्रदर्शन गर्दै आएका छन भने मेयर चौधरीले यस आन्दोलनलाई चुनावी आन्दोलनको संज्ञा दिँदै आएका छन् ।
https://www.youtube.com/watch?v=O9G8Yeo_V04

