अपडेट 
२०७८ माघ १२, बुधबार ०७:३८

जनकपुरधाम । मधेश प्रदेशमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमणको कारण मृत्यु हुनेमा बारा जिल्लाको कोल्भी गाउंपालिका—३ निवासी ६० वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार उनको मंगलबार उपचारको क्रममा उनको मृत्यु भएको हो । सोमबार कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका वृद्धलाई गम्भीर किसिमको निमोनिया लागेको अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए । यसैको साथ प्रदेशभरि हालसम्म मृत्यु हुने संक्रमितहरुको संख्या १ हजार ४७ पुगेको छ । मध्ये सप्तरीमा १ सय ५८, सिरहामा १ सय ३५, धनुषामा १ सय ३२, महोत्तरीमा ९१, सर्लाहीमा ९३, रौतहटमा १ सय २८, बारा १ सय ७९, पर्सामा १ सय ३० तथा एक जना भारतीय नागरिकको मृत्यु भएको प्रयोगशालाले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५ सय २३ जनामा कोरोना परीक्षण गर्दा १ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा १ सय ८५ जनामा परीक्षण गर्दा ४३ जना नयाँ संक्रमित फेला परेका छन् भने एक जना पुरानो विरामी रहेको जनाइएको छ । त्यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ५९ जनामा परीक्षण गर्दा २४ जनामा संक्रमणको पुष्टि भएको छ भने जलेश्वर अस्पताल, महोत्तरीमा २४ जनामा परीक्षण गर्दा ४ जनामा, मलंगवा अस्पताल सर्लाहीमा ८२ वटा पिसिआर परीक्षण गर्दा ३३जनामा र १२ वटा एन्टिजेन परीक्षण गर्दा ३ जनामा, सिरहा अस्पताल पिसिआर ल्याबमा २७ जनामा परीक्षण गर्दा १७ जनामा , गौर अस्पताल रौतहटमा १६ जनामा परीक्षण गर्दा ७ जनामा ,कलैया अस्पताल बारामा ७४ जनामा परीक्षण गर्दा ३९ जनामा, नारायणी अस्पताल वीरगञ्जमा ५६ जनामा परीक्षण गर्दा २७ जनामा संक्रमणको पुष्टि भएको हो । सो अवधिमा भएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्यकर्मीको सम्पर्कमा आइसोलेसन र होम आइसोलेसनमा उपचार जारीरहेको छ ।

Comment


Related News

Latest News

Trending News