अपडेट 
२०७८ माघ १२, बुधबार १५:०३

करिब ४४ करोड ४४ लाखको लागतमा सर्लाही जिल्लाको भारतीय बोर्डरसँगै रहेको लक्ष्मीपुरदेखि बलरा हुदै गढैयासम्मको सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । त्यस्तै मलंगवामा ४ करोड २७ लाख ८० हजारको लगानीमा कल्भर्ट तथा नाला निर्माण सम्पन्न भई सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ । चितवनको गुंजमान सिंह अस्पतालमा करिब ४ करोड ७९ लाख ४० हजारको लागतमा ५० बेडको अस्पताल भवन निर्माण भएको छ । त्यस्तै चितवन खैरनीमा रहेको आधारभूत विद्यालयको भवन १ करोड ८६ लाख ६० हजारको लागतमा सम्पन्न भएको छ । मकवानपुरको लिटीखोलामा रहेको वागमती निम्न विद्यालयमा ८९ लाख ७० हजारको लागतमा विद्यालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण भएको छ । भारतीय सहयोगमा निर्माणाधीन सर्लाहीको लालबन्दीमा रहेको जनता माध्यमिक विद्यालयमा १ करोड ५९ लाख ४० हजारको लागतमा दुई तले भवन र पिपरियामा रहेको बालगोविन्द जनता उच्च माध्यमिक विद्यालयमा ६९ लाख ४० हजारको लागतको भवन हस्तान्तरण गरिएको छ । यतिमात्र होइन, जनकपुरदेखि चितवनसम्म करीब दुई दर्जनभन्दा बढी भारतीय सहयोगका सानासाना योजनाहरु सञ्चालनमा छन् । जसमा विद्यालय भवन, पुल, ग्रमीण विद्युतीकरण, सामुदायिक भवन, नदी नियन्त्रणका लागि तटबन्धकालगायतका योजना निर्माणाधीन छन् ।

भारत आफ्नो स्वतन्त्रताको ७५ वर्षको अवसरमा ‘ आजादीको अमृत महोत्सव’ मनाइरहेको छ । आजादीको अमृत महोत्सवको अवसरमा तीन वर्षसम्म विभिन्न कार्यक्रम गरी मनाउने घोषणा भारत सरकारले गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले पनि त्यसलाई निरन्तरता दिएको छ । भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार हुनुहुन्छ । उहाँ भारतीय विदेश मन्त्रालयको अधिकारीका हुनुहुन्छ र विभिन्न देशमा काम गरिसक्नु भएको छ । उहाँले जनवरी १३, २०२० मा भारतीय महावाणिज्य दूतावासमा प्रमुखको रुपमा कार्यभार ग्रहण गरेको केही महिना नबित्दै कोराना महामारी सुरु भयो । संक्रमणको पहिलो लहरमै नेपाल–भारत दुवैतर्फ लगाइएको लकडाउनले गर्दा नेपालमा फसेका हजारांै भारतीयलाई वीरगञ्ज नाकाबाट सकुसल घर फर्काउने काम कसरी भयो ? यसका केकस्ता चुनौतीहरू सामना गर्नु प¥यो ? कोरोना महामारीकै बीचमा महावाणिज्य दूतावासले आफ्ना नियमिति कामकारवाहीलाई कसरी अगाडि बढाइरहेको छ लगायतका समसामयिक विषयमा हाम्रा सहकर्मी अनिल तिवारीले महावाणिज्यदूत नितेशकुमारसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाई नेपाल आएको केही महीना नबित्दै कारोना महामारी सुरु भयो । अहिले तेश्रो लहरको संक्रमण फैलिइरहेको छ, दुई वर्ष कस्तो बित्यो ?

म मात्र होइन, कारोना महामारी पुरै वैश्विक समाजको लागि एउटा कहालीलाग्दो समय हो । महावाणिज्य दूतावासका कर्मचारीहरूको दिनरातको प्रयास र स्थानीय केही समाजिक संस्थाहरूको सहयोगबाट नेपालका विभिन्न शहरमा फसेका सबै भारतीहरूलाई क्रमिक रुपमा भारतस्थित घरसम्म पु¥याउने काम गरियो । त्यो समयमा लगभग २५ हजार व्यक्तिलाई व्यवस्थित गर्न हामि सफल भर्यौ । महावाणिज्यदूतावासको प्रमुख भएर आएपछि नेपाल र भारतबीचको सांस्कृतिक एवम् पारस्परिक मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउन महावाणिज्यदूतावासले के के कामहरु गरेको छ ? विषम परिस्थितिमा हामीले युद्धस्तरमा कार्य गरेका छौं । दूतावास समयको सारथी झै बनेको छ । अमृत महोत्सवका कार्यक्रमहरूलाई पनि निरन्तरता दिंँदै आएका छौं । म आएदेखि विद्वतवर्गसँग विभिन्न विषयमा अन्तरक्रिया र गोष्ठीलाई समेत निरन्तरता दिएका छौं । जस्तो हिन्दी दिवसमा प्रवचन, साहित्यिक परिचर्चा, गान्धी तथा अम्वेदकर जयन्तीका अवसरमा गोष्ठीको आयोजना, सरदार बल्लभभाई पटेलको जयन्तीमा विचार गोष्ठी, विद्यालय पढने बिद्यार्थीहरुबीच निबन्ध, प्रश्नोत्तर प्रतियोगितालगायतका कार्यक्रमहरु गरेका छौ । यति मात्र होइन, आयुर्वेद दिवसको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री ज्यूको प्रमुख आतिथ्यमा प्रदेशका ८ वटा जिल्लाका आयुर्वेद डाक्टरहरुको सहभागितामा जनव्याख्यान कार्यक्रमको आयोजना गरिएको थियो । ‘ अमृत महोत्सव’को अवसरमा मैराथुन दौड प्रतियोगिता, साइकल रैली, रक्तदान शिविर, योग शिविरलगायतका कार्यक्रमसँगै समय समयमा विभिन्न शिक्षामूलक भारतीय चलचित्रहरुहरुलाई प्रसारण गर्ने काम हँुदै आएको छ । विश्व हिन्दी दिवसका अवसरमा ९, १० र १५ जनवरीमा क्रमशः जनकपुरधाम, वीरगञ्ज र कलैयामा नेपालमा हिन्दी भाषको प्रवर्धनका लागी गोष्ठीको आयोजना गरिएको थियो । जनकपुरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि श्री मुख्यमन्त्री लालबाबु राउत गद्दी एवम् विशिष्ट अथिति समाजिक विकास मन्त्री श्री नवल किशोर साह हुनुहन्थ्यो ।यसैगरी विपक्षी दलका नेता जितेन्द्र सोनलजी कलैयामा आयोजित कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो । साथै नेपालमा भारतीय खाना र परिकारको जानकारी एवम प्रवद्र्धनको उदेश्यले महावाणिज्यदूतावास परिसरमै फुड फेस्टीभल कार्यक्रमको आयोजना गरिएको थियो ।

वीरगञ्जमा महावाणिज्यदूतावास स्थापना पछिको समयमा तराईमा भारतीय सहयोगको स्वर्णिम काल थियो, तर अहिले त्यसमा धेरै कमी आएको छ भन्ने गुनासो कति सत्य छ ?

नेपालको हरेक क्षेत्रमा प्रारम्भदेखि नै भारतले सहयोग गर्दे आएको छ । दूरसञ्चारको विस्तार, विद्युत विस्तार, सडक र सिंचाईको विस्तारमा सहयोग गर्दै आएको तथ्य सार्वजनिक नै छ । वृहत् लगानीको भारतीय परियोजना जस्तै हुलाकी सडकको कार्य राम्रो गतिमा अगाडि बढीरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीजीको नारा छ ‘सबका साथ, सबका विकास’ ,यही भावअनुरूप भारतीय महावाणिज्यदूतावासको कार्य क्षेत्रमा पर्ने ८ जिल्लामा यस वर्ष सडक, कलभर्ट र विद्यालय भवन निर्माणको कार्य करीव आधा दर्जन, स–साना लगानीका विभिन्न योजना सम्पन्न भएपछि सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ । करिब ४४ करोड ४४ लाखको लागतमा सर्लाही जिल्लाको भारतीय बोर्डरसँगै रहेको लक्ष्मीपुरदेखि बलरा हुदै गढैयासम्मको सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । त्यस्तै मलंगवामा ४ करोड २७ लाख ८० हजारको लगानीमा कल्भर्ट तथा नाला निर्माण सम्पन्न भई सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ । चितवनको गुंजमान सिंह अस्पतालमा करिब ४ करोड ७९ लाख ४० हजारको लागतमा ५० बेडको अस्पताल भवन निर्माण भएको छ । त्यस्तै चितवन खैरनीमा रहेको आधारभूत विद्यालयको भवन १ करोड ८६ लाख ६० हजारको लागतमा सम्पन्न भएको छ । मकवानपुरको लिटीखोलामा रहेको वागमती निम्न विद्यालयमा ८९ लाख ७० हजारको लागतमा विद्यालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण भएको छ । भारतीय सहयोगमा निर्माणाधीन सर्लाहीको लालबन्दीमा रहेको जनता माध्यमिक विद्यालयमा १ करोड ५९ लाख ४० हजारको लागतमा दुई तले भवन र पिपरियामा रहेको बालगोविन्द जनता उच्च माध्यमिक विद्यालयमा ६९ लाख ४० हजारको लागतको भवन हस्तान्तरण गरिएको छ । यतिमात्र होइन, जनकपुरदेखि चितवनसम्म करीब दुई दर्जनभन्दा बढी भारतीय सहयोगका सानासाना योजनाहरु सञ्चालनमा छन् । जसमा विद्यालय भवन, पुल, ग्रमीण विद्युतीकरण, सामुदायिक भवन, नदी नियन्त्रणका लागि तटबन्धकालगायतका योजना निर्माणाधीन छन् ।

कोरोना महामारीपछि विश्वमा आर्थिक मन्दीको अवस्था रहेको छ । नेपालको आयातनिर्यातसँग सम्बन्धित नेपाली उद्योगी व्यापारीका समस्याहरुलाई महावाणिज्यदूतावासले कसरी हेरेको छ ?

निश्चय नै महावाणिज्यदूतावासको स्थापनाको मुख्य उद्देश्य नै नेपालको उद्योग व्यापारलाई सरल र सहज बनाउने हो । समयसमयमा उठ्ने गरेको आयातनिर्यातका विभिन्न समस्या समाधानको समयमै समाधान गराउने गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी एवम उद्योगी व्यापारीहरुबाट उठेका समस्याहरुको निराकरणको लागी भारतीय कमस्टम, रेल्वेका पदाधीकारीहरुसँग प्रत्यक्ष अन्तरक्रिया गराएर समयमै समाधान गर्ने गरिएको छ । यसका साथै नेपाली र भारतीय व्यापारीहरुबीच हुने वाणिज्य व्यापार विवाद(ट्रेड डिस्पीयुट)का समस्याहरुलाई भारतीय सरोकारवाला मन्त्रालयमा पत्राचार गरी समयमै समाधान गर्ने काम समेत माहावाणिज्यदूतावासले गर्दै आएको छ ।

रक्सौल एयरपोर्टलाई सञ्चालनमा ल्याउनुपर्ने, मोतीहारीदेखि आईसीपीसम्म ६ लेनको बाटो, रक्सौलबाट दिल्लीसम्म राजधानी स्तरको ट्रेनलगायतका विषयहरु अहिलेका खुबै उठिरहेका छन् नि ?

यसमा तपाईंबाट के पहल भइरहेको छ ? हेर्नुस्, हाम्रो दायरा सीमित छ , महावाणिज्यदूतावास एक कूटनीतिक निकाय हो । नेपालको हरेक साना ठूला समस्याप्रति हाम्रो सकारात्मक धारणा रहेको छ । सानातिना कुराजस्तो रक्सौल रेल्वेको ट्रयाक ढलान, रेल्वेदेखि सीमासम्मको भारतीय सडकको मरम्मत लगायतका कुराहरुलाई समय समयमा हामीले पहल गरेर निर्माण गराउँदै आएका छौ । एयरपोर्ट ,ट्रेन सञ्चालन लगायतका ठूला कुराहरुबारेमा सम्बन्धित निकाय माँझ राख्दै आएका पनि छौ ।

नेपालमा रहेका भारतीय नागरिकहरुका लागि भारतीय महावाणिज्यदूतावासले केके काम गर्दै आएको छ ?

खास गरेर नेपालमा रहेका भारतीयहरुलाई उठ्ने गरेको सबै खालको समस्याहरुलाई कन्सुलर शाखाले हेर्ने गरेको छ । अन्तरक्रियाहरु गरी भारतीय नागरिकका समस्याहरुलाई समाधान गर्ने कार्यसमेत गरिएको छ । नेपाली कारागारमा बन्दी रहेका भारतीयहरुको अवस्था बुझी उनीहरुको समस्यालाई पनि समाधान गर्ने कार्यलाई मैले अगाडि बढाएको छु । जसको लागी वीरगन्ज कारागारको भिजिट गरेका छौ । यसका साथै हाम्रो कार्यक्षेमा रहेको रौतहट, महोतरी चितवन र मकवानपुरको कारागारमा पनि पुगेर त्यहा बन्दी रहेका भारतीयहरुको अवस्था र समस्या बुझने हाम्रो योजना रहेको छ । यसका साथै समय समयमा शुभेच्छुक संस्थाहरु जस्तै नेपाल–भारत सहयोग मञ्च, मिडिया फर बोर्डर हार्मोनीले वीरगञ्ज र रौतहटको गौरमा दुवै देशका नेता, बुद्धिजीवि, व्यापारी तथा पत्रकारहरुको उपस्थितिमा गरेको कार्यक्रमबाट धेरै सकारात्मक कुराहरु आएका छन् । यसका साथै नेपालबाट भारतमा फसेका बालबालिकाहरुलाई उद्दार गराउने काम पनि महावाणिज्यदूतावासले गर्दै आएको छ । जस्तो केही महिना पहिला वीरगञ्जकी एक वालिकालाई दिल्लीबाट उद्दार गरेर उनको आमाबुबाको जिम्मा लगाइएको छ ।

नेपाल र भारतबीचको सम्बन्ध विश्वमै अतुलनीय छ । तर पनि समय समयमा भारतलाई बदनाम गराउने प्रोपगन्डाहरु उठ्ने गरेका छन्, किन होला ?

नेपाल र भारतबीचको सम्बन्ध आफैंमा अद्भूत छ । तर, केही कुतत्वहरु समय समयमा खेल्न खोज्ने गरेका छन् । त्यसबाट हामी सजग रहनु पर्दछ । भारत नेपाल बिचको सम्बन्ध अतुलनीय छ ,जसका पर्याप्त कारणहरु छन् । भारत र नेपालबीच जुन भौगोलिक, सांस्कृतिक र आर्थिक सम्बन्ध छ, त्यसलाई अरु कसैले चाहेर पनि प्रतिस्थापन गर्न सक्दैनन् । भारतसँग नागरिकस्तरमै ‘रोटी–बेटी’को सम्बन्ध छ । भारत तिर २० लाख बढी नेपाली श्रमिक अनौपचारिक श्रमबजारमा व्याप्त छन् । नेपाल–भारत बीच खुला सीमा छ । नेपाललाई सबैभन्दा धेरै रेमिटेन्स दिने दोश्रो स्थान भारतबाट आउने रेमिट् यान्स नै हो । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो ।

यसका अन्तमा तपाई केही भन्न चाहनु हन्छ ?

नेपाल र भारतबीचका सम्बन्ध आफैमा प्रगाढ र अतुलनीय छ । नेपालमा आएको कुनै पनि प्राकृतिक विपद्मा भारत सबैभन्दा अगाडि रही सहयोग गर्दैआएको छ । भूकम्पको समय होस् वा कोरोनाको महामारीको बेला भारतीय सहयोग अगाडि नै रहेको छ ।सबैभन्दा पहिला नै कोरोनाको खोप भारतले नै नेपाललाई सहयोग गरेको हो । त्यस्तै बाढीका समयमा पनि हामीले सहयोग गर्दै आएका छौ । यस वर्षसमेत बाढी पीडितलाई पनि हामीले सहयोग गरेका छौं । यसका साथै मानव संसाधन विकासमा पनि सहयोग छ । एम्बुलेन्स, विद्यालय बसका साथै भारत सरकारद्वारा दिइने छात्रवृतिलाई महावाणिज्यदूतावासले अझ प्रभावकारी बनाएको छ । साथै कोरोनाकालको कारण समग्र व्यापारमा मैले चाहेजति प्रवद्र्धनात्मक काम गर्न नसके पनि आउने समयमा अझ तीव्रता दिने लक्ष्य लिएको छु ।

Comment


Related News

Latest News

Trending News