अपडेट 
२०७८ माघ १२, बुधबार १७:०३

जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर किटनाशक औषधी उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक प्रा.ली.मा सिलबन्दी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरस्थित प्रा।ली।मा सिलबन्दी गरेको हो । बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाई नेतृत्वको अनुगमन टोलीले अनुमतिबिना अवैध रुपमा १२ वर्षदेखि किटनाशक औषधी उत्पादन गरी बिक्रिवितरण गरीरहेको उद्योगमा सिलबन्दी गरेको हो ।

अवैध उत्पादन र कालोबजारी गरेको भेटिएपछि उद्योग सिलबन्दी गरिएको अनुगमन टोलीमा सहभागी जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय भण्डारा चितवनले माघ १ गते करिब ९ लाख ८० हजार मूल्य बराबरको अवैध किटनाशक औषधिसहितको ट्रक नियन्त्रणमा लिएपछि उक्त उद्योगको अवैध धन्दा प्रकाशमा आएको हो । जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर विषादी किटनाशक औषधी उत्पादन गरीरहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । ट्रक चालक सर्लाहीका सन्तोष साहसहित ३ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरीरहेको छ ।

उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राय यादवको लगानी रहेको छ । उद्योगमाथि अवैधरूपमा सञ्चालन गरी अवैध औषधि उत्पादन गरी किसानलाई ठगेकोसमेत आरोप लागेको छ । उद्योगका सञ्चालकहरू फरार भएकाले पक्राउ गर्न नसकिएको बारा प्रशासनले बताएको छ ।

Comment


Related News

Latest News

Trending News