बखतियार अलि | सर्लाही,माघ १२ ।
नेकपा एमालेमा प्रवेश गरिएको भनिएका नेकपा एकीकृत समाजवादी पार्टीका दुईजना सदस्य आफुहरु यथावत् नेकपा एसमै रहेको जानकारी सहित प्रेस विज्ञप्ति जारी गरेका छन् ।
सर्लाहीको हरिपुर नगरपालिकाका कार्यपालिका सदस्यद्वय सुनैना देवी चौधरी र लक्ष्मी कुवँरले हरिपुर नपा की उपमेयर रेणुका देवी काफ्लेले बिनाकुनै जानकारी आफुहरुलाई झुक्याएर काठमाडौ लगी आफुसँगै नेकपा एमालेमा पार्टी प्रवेश गराएको र सो खवर विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन तथा प्रसारण भएको प्रति विज्ञप्ति मार्फत आपत्ति जनाएका छन्।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भई हरिपुर नपाको कार्यपालिका सदस्य पदमा रही कार्य गर्दै आएको भएपनि केही महिना अगाडी नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा क्रियाशील रही काम गर्दै आइरहेको अवस्थामा उपमेयर काफ्लेले आफुहरुलाई २०७८ साल माघ ९ गते आइतवारका दिन ललाई,फकाई,झुठो कुरा गरि बर्दिबास घुम्न जाने भन्दै ब्यक्तिगत कामको बहाना बनाएर काठमाडौं लगेर निजले नेकपा एस छाडेर नेकपा एमालेमा प्रवेश गर्न लागेको र उनले आफुसँगै हामीलाई पनि जबर्जस्ती उपस्थित हुन दबाब दिएको कारण उपस्थित मात्र भएको तर विभिन्न संचार माध्यमहरुबाट हामी समेत नेकपा एस छाडेर नेकपा एमालेमा प्रवेश गरेको सुन्दा आफुहरु अचम्मित भएको भएको र हामीलाई सोध्दै नसोधी हाम्रो चरितहत्या गर्ने प्रयास गरेकोमा हाम्रो ध्यानाकर्षण भएको कार्यपालिका सदस्यद्वय चौधरी र कुवँरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।उनीहरु विगतमा रोजेको नेकपा एस पार्टीलाई आफुहरुले परित्याग नगरेको र आउँदा दिनहरूमा समेत यसै पार्टीमा नै रहेर कार्य गर्नेसमेत विज्ञप्तिमार्फ प्रतिबद्धता जनाएका छन।
कार्यपालिका सदस्यद्वय चौधरी र कुवँरले सो कुराको जानकारी गराउँदै पत्रकारहरुको उपस्थितिमा आज९बुधबार०हरिपुर नगरपालिकाका मेयर जमरुद्दिन मंसुरलाई विज्ञपति समेत बुझाएका छन् ।
हरिपुरबाट निर्वाचित सबै जनप्रतिनिधि , प्रमुख प्रशासकीय अधिकृत लगायतका अन्य कर्मचारीहरु प्रति उपमेयर काफ्लेको व्यवहार नराम्रो रहेको र उनी जनताको सेवा गर्नुको साटो आफ्नो मात्र स्वार्थ पुर्तीगर्ने कार्यमा लाग्दै आएको मेयर मंसुरको आरोप छ।

