२०७८ माघ १२, बुधबार १९:४०

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य पदमा अन्य समूहतर्फबाट सत्तारुढ गठबन्धनका मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् ।

उनी कुल मतभार ६ हजार ६७८ ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी उस्मान अन्सारीले दुई हजार ७६६ मतभार हासिल गरे ।

सिद्दिकीले प्रदेशसभातर्फ ७५ र स्थानीय तहतर्फ १७१ मत हासिल गरे । प्रदेशसभातर्फ प्रतिमतको ४८ मतभार र स्थानीय तहतर्फ प्रतिमतको १८ मतभार रहने व्यवस्था छ । अन्सारीले भने प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत हासिल गरे । निर्वाचन कार्यालयका अनुसार यो समूहतर्फ दुई प्रदेशसभा सदस्यसहित ८ मत बदर भएको छ ।

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News