अपडेट 
२०७८ माघ १३, बिहीबार ०७:२०

जनकपुरधाम । पछिल्लो २४ घण्टाको अवधिमा मधेश प्रदेशमा सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा २ सय ४६ जनामा कोरोना परीक्षण गर्दा सय जनामा संक्रमणको पुष्टि भएको हो । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ९९ जनामा परीक्षण गर्दा ४४ वटा नयाँ संक्रमित फेला परेका छन् भने ८ जना पुरानो बिरामी रहेको जनाइएको छ । त्यस्तै गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा १२ जनामा संक्रमण देखिएको छ भने ५ वटा पुरानो केस रहेको छ । त्यसैगरी जलेश्वर अस्पताल महोत्तरीमा १९ जनामा परीक्षण गर्दा २ जनामा संक्रमण रहेको बताइएको छ भने सिरहा अस्पतालको पिसिआर ल्याबमा २६ जनामा परीक्षण गर्दा १५ जनामा, गौर अस्पताल रौतहटमा २३ जनामा पीसिआर परीक्षण गर्दा ९ जनामा, नारायणी अस्पताल, वीरगंजमा ४१ जनामा परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजिटिभ आएको प्रयोगशालाले जनाएको छ ।

पछिल्लो २४ घण्टा भित्र संक्रमित भएकाहरु मध्ये धनुषाका २६,महोत्तरीको १३,सिरहाको २१,सप्तरीको १३,रौतहटको १०,बाराको ७ तथा पर्साका १० जना रहेको जनाइएको छ । मधेश प्रदेशमा संक्रमित हुनेहरुको संख्या ४० हजार ६ सय २१ पुगेको छ भने कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ३७ हजार ७ सय ३६ पुगेको छ । प्रदेशभरि कोरोनाको कारण हालसम्म मृत्यु हुनेहरुको संख्या १हजार ४७ रहेको छ सो मध्ये सप्तरीमा १ सय ५८, सिरहामा १ सय ३५, धनुषामा १ सय ३२, महोत्तरी मा९१, सर्लाहीमा ९३, रौतहटमा १सय२८, बारामा १ सय ७९, पर्सामा १ सय ३० जनाको मृत्यु भएको छ भने एक जना भारतीय नागरिकको मृत्यु भएको प्रयोगशालाले जनाएको छ । मृत्यु हुनेहरुमा ७ सय ६१ पुरुष रहेका छन भने २ सय ८६ जना महिला रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News