२०७८ माघ १३, बिहीबार ०७:२५

जनकपुरधाम । नेपाली कांग्रेस विदेहनगरपालिकाको नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

बुधबार नेकाँ नगर समितिले आयोजना गरेको परिचयात्मक तथा प्रमाणपत्र वितरण कार्यक्रम बीच नगर सभापति गणेश साह सहित ५२ जना पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । सभापति साहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री रामकृष्ण यादव,क्षेत्रीय सभापति राजकिशोर सिंह सहितका नेताहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । प्रमाणपत्र वितरण गर्दै नेता यादवले नगरको वार्ड वार्डमा पार्टी कार्यालयको स्थापना गर्नुका साथै संगठन विस्तार र सुदृढिकरणको लागि अहोरात्र खट्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले गाउँ समाजमा हुने गरेको सर्वसाधारणको काममा सक्रिय भइ सेवा गर्न एक कदम अगाडि सरेर नेकां को जनता प्रतिको उत्तरदायित्व निर्वाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । मधेश प्रदेश क्षेत्र नम्बर २ (क)का सभापति उदेश चौधरी सहितका व्यक्तिहरुको सभागिता रहेको सो कार्यक्रममा विदेह नपा–२का वार्ड सभापति अमोद झाले आफ्नो धारणा व्यक्त गरेका थिए ।

Comment


Related News