२०७८ माघ १३, बिहीबार १३:०२

सप्तरी, राजविराज, १३ माघ ।

भौतिक पूर्वाधार मन्त्री रेणु कुमराी यादवलाई बर्खास्त गर्ने मागका साथ उनकै गृह जिल्लामा ज्ञापन पत्र बुझाइएको छ ।

मन्त्री यादवले गत माघ ५ गते रौतहटको सदरमुकाम गौरमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको ज्यानै मार्ने आशयको अभिव्यक्ति दिएको भन्दै सभासद् रन्जित कुमार कर्णले बिहीबार सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई राजविराजमा ज्ञापन पत्र बुझाएका छन् । डा. राउतको पार्टीले किसान आन्दोलनको नाममा गरेको गतिविधीप्रति लक्षित गरेर मन्त्री यादवले ज्यानसम्म मार्ने अभिव्यक्ति दिनु अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ । “नेपाल सरकार तथा सम्पूर्ण नेपालीको शिर न्युहुराउने लज्जाजनक अभिव्यक्तिप्रति घोर निन्दा एवं भत्र्सना गर्दछौं, प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा भनिएको छ । २०६३ चैत ७ गते गौरमा तत्कालिन मधेशी जनअधिकार फोरमले नेकपा माओवादीका २७ जना कार्यकर्ताको विभत्स हत्या गरेकोलाई नियोजित नभई “भवितब्य” भन्दै आएका वर्तमान जसपाका अध्यक्ष उपेन्द्र यादवलाई गलत सावित गर्दै पुनः त्यस्ता घटना घटाउने र त्यसमा राउत मारिन सक्ने भन्ने मन्त्री यादवको अभिव्यक्ति आपराधिक भएको ज्ञापनपत्रमा जिकिर छ ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेवि संघका पूर्व केन्द्रिय अध्यक्षसमेत रहेका कर्णले त्यस्तो अभिव्यक्ति दिने मन्त्रीलाई तत्कालै पदबाट बर्खास्त गरि कानुनी कारवाही चलाउन समेत माग गरेका छन् । ज्ञापनपत्र बुझाएपछि नेता कर्णले संचारकर्मीहरु माझ गौर हत्याकाण्डको जिम्मा लिने गरि मन्त्री यादवले भाषणमा ज्यानै मार्ने धम्की समेत दिएकाले उनको मन्त्री पद खारेज गरि तुरन्तै गिरफ्तार गरिनु जरुरी रहेको बताए ।

कर्णले यस घटनाको बारेमा बिहीबार नै जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाक मार्फत जाहेरी समेत पठाएको जानकारी दिएका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले तत्कालै उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी दिएका थिए ।

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News

Latest News

Trending News