अपडेट 
२०७८ माघ १५, शनिबार ०७:५२

वीरगञ्ज । ड्रिम्स अप्टिकल सप्लायर्सले वीरगञ्जको आदर्शनगरमा बिक्री कक्षको उद्घाटन गरिएको छ ।

शुक्रबार आयोजित एक समारोहबीच रुंगटामार्केटमा बिक्री कक्षको उद्घाटन गरिएको हो । विगत सात वर्षदेखि विभिन्न ब्राण्डका चस्माको आयात तथा थोक बिक्री गर्दै आएकोमा अहिले खुद्रा बिक्री थालेको ड्रिम्स अप्टिकलका प्रबन्ध निर्देशक चन्दनकुमार पटेलले जानकारी दिए । वीरगञ्जका ग्राहकलाई सुपथ मूल्यमा ब्राण्डेड चश्मा उपलब्ध गराउने उद्देश्यले यो बिक्री कक्ष विस्तार गरिएको प्रबन्ध निर्देशक पटेलले बताए । काठमाण्डुको त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा पहिलो बिक्री कक्ष खोलेको ड्रिम्स अप्टिकलले वीरगञ्जका चश्मा पारखीलाई लक्षित गरी यो बिक्री कक्ष विस्तार गरेको हो । वीरगञ्ज बिक्री कक्षमा सबै खालका विश्वस्तरीय ब्राण्डका चश्मासँगै पावरसहितका चश्मा पनि बनाइने पटेलले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News