२०७८ माघ १५, शनिबार १४:३३
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक विना कुनै निर्णय सम्पन्न भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल भएको थियो । तर निर्वाचन मितिबारे भने कुनै निष्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी एकनेताले बताए । अपरान्ह चार बजे पुनः बस्ने गरी बैठक सकिएको उनले जानकारी दिए । अपरान्ह बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्ने बताइएको छ ।
स्थानीय तहको निर्वाचन मात्र नभई तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा सत्तारुढ दलहरुबीच छलफल भईरहेको छ । तर निर्वाचन आयोग, प्रतिपक्षी दल र काँग्रेसकै सभापति इत्तरका नेताहरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने माग गर्दै आएका छन् ।

