अपडेट 
२०७८ माघ १६, आईतवार ०८:१०

मलेशिया भूभागको बनौट दुई प्रकारले भएको छ , एउटा पेनीन सुलर र अर्को दुई पूर्वीय राज्यहरु जो वोर्नियो द्वीपमा पर्दछ त्योहो सबा र सराबाक यी दुवै भूभागहरु दक्षिण चीन सागरबाट अलग्गिएर बनेका छन । मलेशियामा मलयहरु छन जो मुख्य रुपमा मुस्लिमहरु छन र अन्य जातिहरुमा चीनी, भारतीय, युरेशियनहरुको अतिरिक्त अन्य सासाना जातिहरुको वास छ । यसै कारणले पर्यटकहरुद्वारा यस देमा मस्जिद, गिरीजाघर र मन्दिरहरु एक अर्काको सामने हेर्न सकिन्छ । यस देशमा यसै कारणदे जातीय सामंजस्य रहेको पाइन्छ । यस ठाउँमा “सलामत दतांग” अर्थात स्वागतम यहाँका वासीन्दाहरुको मुखबाट निस्की हाल्छ । मलेशियाको उत्तरमा थाइलैण्ड र दक्षिणमा सिंगापुर पर्दछ । इण्डोनेशिया र ब्रुनोइ यसका छिमेकीहरु छन । अधिकांश वासीहरु मलय छन र त्यसपछि चीनी र भारतीयहरुको संख्या हो । स्पष्टतः यस देशको मुख्य धर्म इस्लाम नै हो । मलेशियामा तेरह राज्यहरु छन र दुईवटा संघीय राज्य एउटा क्वालालंपुर र अर्को लबुआन । यसमा नौवटा राज्यहरुमा वंश परम्पराका सुल्तान शासकहरु छन जो पाँच वर्षको लागि राज्यको प्रमुखको रुपमा निर्वाचित हुन्छन । देश हाँक्ने कार्यकारी प्रमुख प्रधानमन्त्री नै हुन्छन जो केन्द्रीय मंत्रीमण्डलको बैठकको अध्यक्षता पनि गर्दछ । अंग्रेजी साधारणतया देशभरी बोलिन्छ तर राष्ट्रिय भाषाको दर्जा भने “भाषा मलेशिया” लाई नै दिइएको छ जो मलय भाषाको रुपमा छ । यस देशको मुद्राको नाउ रिंगिट (च्ः) हो जो १०० (एक सय) सेन्टको हुन्छ । मलेशियामा चाइनीज, भारतीय, बौद्धहरुद्वारा आ–आफ्नो पर्वहरुको साथै बुद्धको जन्म र निर्वाण आदिको साथै इस्लाम धर्मका प्रवर्तक मोहमदको जन्मोत्सव, मोहम्मदको मक्काबाट मदिनाको यात्राको उत्सव आदि मुख्य पर्वहरु मनाइन्छ ।

क्वालालम्पुर:

मलेशियाको राजधानी क्वालालम्पुर नै हो । यस नगरको क्षेत्रफल २४४ वर्ग किलोमिटर र जनसंख्या १९ मिलियन भन्दा बढी भनिएको छ । यस ठाउँमा जनशक्तिको अभावको कारणले थाइलैण्ड, इण्डोनेशिया, बंगलादेश, नेपाल आदि देशहरुबाट श्रमिकहरु आउँछन । स्वतन्त्र भएपछि यस देशको प्रथम प्रधानमन्त्री टुम्कु अब्दुर रहमान हुनु भएको र उनलाई यस देशको राष्ट्रपिता मानिएको छ । यस नगरमा ४५१ मीटर उचाई भएको दुईवटा टावरहरु छन जो विश्वका सब भन्दा बढी उचाई भएको टावरहरुमा पर्दछन र यो ट्वीन टावर (त्धष्ल त्यधभच) एकै ठाउँमा छन र एउटै रंगका छन । आकार प्रकार पनि एकै रंगको छ । यो विश्व प्रसिद्ध टावर हो । यस ठाउँमा एउटा यस्तो ठाउँ छ जसलाई बाटू गुफा भनिन्छ । यस गुफामा भगवान कार्तिकेय विराजमान हुनुहुन्छ । यस ठाउँको किम्बदन्ती अनुसार एक पटक भगवान शिव भगवान कार्तिकेय माथी यसरी रिसाउनु भयो कि भगवान कार्तिकेय पत्थर भै हाल्नुभयो र यो त्यै स्थान हो । यस बाटू गुफा क्षेत्रमा दक्षिण भारतीयहरुको वाक्लो बसोवास रहेको देखिनछ । भगवान कार्तिकेयलाई उनीहरुको भाषामा मुडुगा (ःगमगनब) भनिन्छ ।

ऐतिहासिक नगर मलक्का :

स्कूली जीवनमा अध्ययन गर्दा भूगोलमा मलेशियाको मलक्काको विषयमा अध्यय गर्ने अवसर पाउँदा म नीकै उत्साहित भएको थिएँ र अब बैकको कामले क्वालालम्पुरबाट मलक्काको यात्राको अवसर पाउँदा नीकै उत्साहित र प्रसन्न थिएँ । मलक्काको सम्पूर्ण कथा हेर्न मलक्काको बन्दर हिलीरमा जहाँ लाइट एण्ड साउण्डको प्रदर्शनीमा प्रत्येक साँझ मलक्काको सम्पूर्ण कथाको प्रदर्श गरिन्छ । यो हेर्ने सुयोग पनि प्राप्त गरेको थिए । मलक्काको इतिहास सन् १४०० ई.बाट प्रारम्भ हुन्छ । यस बेला सुमात्राको राजकुमार परमेश्वर जावाद्वारा सुमात्रा माथि आक्रमण भएपछि आफ्ना सगा सम्बन्धी सहित पलायन गरी यस ठाउँमा आउनु भएको इतिहासमा उल्लेख भएको पाइन्छ । त्यस वखत यो ठाउँ एउटा माछा मार्नेहरुको गाउँ थियो । राजकुमार मलक्का नाउँको रुखमुनी सबै जना बस्नु भयो । यिनीहरुको आँखा एउटा नवजात हरिण माथि प¥यो । यो हरिण एउटा शिकारी कुकुरलाई आफ्नो गोड≥ाले हिर्काइ रहेको थियो । राजकुमार यसबाट नीकै प्रभावित हुनुभयो र यसबाट प्रेरणा प्राप्त गरी यस ठाउँमा आफनो साम्राज्य स्थापना गर्ने निर्णय लिनुभयो । आपूm इस्लाम धर्म अंगाल्नु भयो र यस नगरको नाम मलक्का राख्नुभयो । आफ्नो नाम सुल्तान इस्कन्दर शाह राख्नु भयो र यसलाई मलक्का सलतनत बनाउनु भयो । यो क्रमशः विकसित हुँदै गयो । विकास अति शीघ्र भयो र मलक्का सलतनतको राजधानी बन्यो । यसपछि मलक्काको महत्व बढ≥दै गयो र यस क्षेत्रका व्यापारीहरुलाई आकर्षित गर्दै गयो । मसलाको व्यापार यूरोप र दक्षिण अमेरिकाका व्यापारीहरुलाई आकर्षित ग¥यो । तर सन् १५११ ई.मा पोर्तुगीजहरुको आक्रमण भयो र सुलतानलाई पराजित हुनु प¥यो । यसबाट मलक्काका सुलतानका शासनको अन्त भयो । मलक्काको सुलतानको पतनको अर्को कारण थियो सुलतानको आफ्नै देआदहरुद्वारा सताको लोभमा संघर्ष प्रारम्भ भएको र यसै कारणले पुर्तगालद्वारा शासन सत्तामा कब्जा गर्न सजिलो भएको इतिहासमा उल्लेख भएको पाइन्छ । सुलतान पराजित भएर जोहोर गएर बस्न थाले । उनी यस ठाउँमा आफनो शक्ति संचय गरेर मलक्का पुनः प्राप्त गर्ने सपना देख्न थाले जो कहिले पुरा हुन सकेन । तर पुर्तगालीहरु धेरै दिनसम्म मलक्कालाई आफनो अधिन राख्न सकेन र सन् १६४१ ई.मा डचहरुद्वारा खोसियो तर १८२४ ई.मा डचहरुको हाथबाट पनि वृटिश इष्ट इण्डिया कम्पनीको हाथमा गयो । मलक्का १९५७ ई.मा आफनो देश मलेशिया स्वतन्त्र भएपछि स्वतन्त्र भयो । इष्ट इण्डिया कम्पनीले यस नगरलाई बन्दरगाहको रुपमा विकसित गरे तर पछि यस इष्ट इण्डिया कम्पनीद्वारा सिंगापुरलाई अत्याधुनिक बन्दरगाहको रुपमा विकसित गरेपछि मलक्का पछाडी प¥यो र यसको आकर्षण अब कम भएको हो । मलक्का सलतनतको कुनै अवशेष विदेशीहरुद्वारा रहन दिएन र त्यसलाई मटियामेट गरि दिए । तर “सजरा मलायु” अर्थात मलय गाथामा उल्लेख भए अनुसार सुलतानको महलको प्रतिरुप निर्माण गरिएको छ । पुर्तगालहरु यस ठाउँमा आएपछि आफनो सुरक्षार्थ सेन्ट पाल हिलमा एउटा भारी कीलाको निर्माण गरेको थियो । जो अब ए फेमोसा (ँयचत ब ँबmयकब) अथवा ँयचत मभ क्बलतष्बनय कहलाउँछ । त्यसको भग्नावशेष अहिले पनि हेर्न सकिन्छ । डचहरु आएपछि पुर्तगाली कीलालाई ध्वस्त गरी दिएको थियो तर डच गवर्नरको भव्य आवासको अवशेष आज पनि आफनो अतीतको गाथा भनी रहेको छ ।

मलक्काको संस्कृति

मलक्का सुलतानको समयमा जब आफनो स्वर्णिम कालमा थियो त्यसै वखत उसको सम्बन्ध चीनी साम्राज्यसँग भयो । अनि चीनी राजकुमारी हेङ्गली पो मलक्काक सुलतान मंशूर साह सँग विहे गर्न पठाइएकी थिइन । उसको साथमा करीब पाँचसय महिलाहरु आएकी थिइन । प्रारम्भ देखि नै चीनीहरु आएर मलक्कामा बसोवास गरी रहेको कुरा थाहा हुन्छ । पहिला उनीहरु व्यापारको लागि आउन गरेको थियो । यी चीनीहरु आजपनि मलक्का समाजमा प्रमुख भागीदार छन । यिनीहरु यस ठाउँको संस्कृति अंगाले र यस ठाउँको भाषा मलय पनि बोल्छन । चीनी जस्तै पुर्तगालीहरु पनि केही संख्यामा आएर यस ठाउँमा बसे । स्थानीय समाजमा विवाह आदि गरेर स्थानीय संस्कृति अंगाली हाले । यिनीहरु क्रीष्टो भाषा बोल्छन । पुर्तगाली शासन कालमा एउटा विशाल पुर्तगाली जहाज जसको नाम ँयिच मभ बिmबच मा अतुल सम्पत्ति यस ठाउँबाट पुर्तगाल लगी रहेको बखत बाटोमा समुद्रको अतल गहिराइमा डुबेर वेपता भएको थियो जो कहिले पनि पाइएन । यसको प्रतिमूर्ति बनाएर राखिएको छ । यस नगरमा एउटा हिन्दू मन्दिर यस्तो छ जो प्बगm अजभााथ mबबिपपब नामले प्रसिद्ध छ । यसको निर्माण १७८१ ई.मा भएको थियो । चेटी जात दक्षिण भारतबाट यहाँ आएका थिए र उनीहरु व्यापारी थिए । तर मुख्य रुपले उनीहरुको काम व्यापारको लाग कर्जा दिने थियो । उनीहरु आज पनि कर्जा दिने गर्दछन । यो मन्दिर उनीहरु कै छन । मलक्काको बीचबाट मलक्का नदी बगीरहेको छ जो भनिन्छ यसै नदीबाट पहिला व्यापार गर्ने गरिन्थ्यो ।मलक्का अब एउटा राज्यको राजधानी हो जो मलेशियामा पर्दछ ।

Comment


Related News

Latest News

Trending News