२०७८ माघ १६, आईतवार ०८:२३

कलैया । जीतपुरसिमरा उप–महानगरपालिका–१० को कार्यालयले ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान स्वरुप कम्बल वितरण गरेको छ ।

ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत २ सय ३० जना ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष सरोज पटेलले जानकारी दिए । वडा स्तरीय बजेटबाट कम्बल वितरण गरिएको जितपुर सिमरा उप–महानगरपालिका–१० को कार्यालयले जनाएको छ । वडा अध्यक्ष पटेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रञ्जित महतो, राम दुलारी देवी, मन्तुरिया देवी पासवान, लोसपा नेता राजकुमार यादव, रामबाबु साह, राजिन्दर महतो, लक्ष्मी यादव, अशोक पासवान लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विनोद महतोले गरेका थिए ।

Comment

Related News

Latest News

Trending News