अपडेट 
२०७८ माघ १६, आईतवार ०८:२९

वीरगञ्ज । क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले बारा तथा पर्साका सशस्त्र प्रहरी उपरीक्षकहरुसंग भेटघाट तथा स्वागत कायक्रमको आयोजना गरेको छ ।

शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा बाराका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेल र राष्ट्रिय अनुसन्धान बिभाग पर्साका उपनिर्देशक दीपक खड्कालाई गम्छा, ढाका टोपी र पुष्पगुच्छाबाट स्वागत गरिएको थियो । मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा भएको कार्यक्रममा बाराका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले स्वागतको लागि धन्यवाद प्रकट गर्दै आगामी दिनमा सहयोग र सहकार्यमा अगाडि बढ्ने बताए । उनले सीमा क्षेत्रमा आफूहरुले विशेष निगरानीका साथ अगाडि बढदै जाने र यसमा संस्थाको सहयोग आवश्यक रहेको जिकीर गरे । पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलले मञ्चले आयोजना गरेको स्वागतप्रति आभार प्रकट गर्दे मञ्चसंग समन्वय गरेर अगाडि बढने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय अनुसन्धान विभाग पर्साका उपनिर्देशक दिपक खडकाले धन्यवाद दिँदै मञ्चले निर्वाह गर्दै आएको भूमिका सराहनीय रहेको बताउंदै आगामी दिनहरुमा पनि एक आपस बीचको सम्बन्ध अझै प्रगाढ हुने धारण राखे । कार्यक्रममा मञ्चका सल्लाहकार तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध गुप्ता एवम् वीरगञ्ज पब्लिक कलेजका निर्देशक डा. दीपक शाक्यले संस्थाले गरेको कार्य सराहनीय रहेको बताउँदै आगामी दिनमा पनि अझ सामाजिक कार्यहरु गर्न शुभकामना दिँदै आफूहरुको सल्लाह र सहयोग रहने प्रतिवद्धता जनाए । कार्यक्रममा आनन्द पटेल शिवशंकर साह, सचिव अरबिन्द पटेल, कोषाध्यक्ष उपेन्द्र बरै, निलम चौधरी, उषा चौधरी, आदित्य शर्मा, कन्हैयालाल बर्णवाल, सुनिल ओझा, अरुण साह लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News