अपडेट 
२०७८ माघ १६, आईतवार १३:३५

सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय तोकिएको छ ।

अधिल्लो दिन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला चार सयले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ७ सय छ । यसको मूल्य शुक्रबार प्रतितोला ९२ हजार एक सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २५० मा भएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News