अपडेट 
२०७८ माघ १७, सोमबार ०६:५७

जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले परीक्षा स्थगित गरेको विरोधमा प्रदर्शन गरिएको छ ।

परीक्षा स्थगित गरेको भन्दै आइतबार विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने अथवा भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने माग गरेका छन् । त्यसो गर्न नसकिए आन्तरिक मूल्यांकनद्वारा नतिजा प्रकाशन गर्नु पर्ने प्रदर्शनकारी विद्यार्थीहरुले माग अघि सारेका छन् । ३ वर्षको कोर्षलाई ५ वर्षसम्म पु¥याउनका लागि पटक–पटक परीक्षा स्थगित भइरहेको उनीहरूको आरोप छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको र परीक्षार्थीहरूको संख्या पनि बढी भएकोले सीटीइभीटीले परीक्षा स्थगित गरेको जनाएको छ । परिषद्ले माघ १५ गते बायो मेडिकलतर्फको प्रवेश परीक्षा र माघ २२ गते प्री डिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । परिषद्ले माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै संघीय सरकारले माघ मसान्तसम्म विद्यालय तथा क्याम्पसहरु बन्द यथावत राख्ने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News