मधेश प्रदेशको राजधानी जनकपुरधामबाट प्रकाशित भइरहेको जनकपुर टुडे पत्रिका डेढ दशकदेखि निरन्तर राष्ट्रिय ‘क’ वर्गमा पर्दै आएको छ ।
नेपालमा पत्रपत्रिकाको वर्गीकरण गर्ने एकमात्र निकाय प्रेस काउन्सिल नेपालले आइतबार सार्वजनिक गरेको वर्गीकरणको विवरण अनुसार जनकपुर टुडे दैनिकले राष्ट्रिय ‘क’ वर्गमा पूनःनिरन्तरता पाएको छ ।जनकपुर टुडे राष्ट्रिय दैनिक मधेश प्रदेशको पहिलो राष्ट्रिय ‘क’ वर्गको पत्रिका हो ।जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.बाट प्रकाशन भइरहेको जनकपुर टुडेले विश्वव्यापि कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा पनि पाठकहरुलाई सुसूचित गर्ने दायित्व सफलतापूर्वक निर्वाह गरिरहेको छ । मधेश प्रदेशको सबै १ सय ३६ पालिकामा पहुँच भएको एकमात्र जनकपुर टुडेले बागमती प्रदेश र प्रदेश नम्बर एकमा समेत क्षेत्र विस्तार गरेको छ ।

