अपडेट 
२०७८ माघ १७, सोमबार ०८:२४

जनकपुरधाम । विगत ६ वर्षदेखि मिडिया शोध, पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र र जिम्मेवार प्रेसको क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (एमएफसी–सीएन) को सदस्यमा चयन भएको छ ।

मिडिया एक्सन नेपाल यस अन्तर्राष्ट्रिय नेटवर्कमा चयन हुने नेपालबाट पहिलो र दक्षिण एसिया क्षेत्रबाट प्रतिनिधित्व गर्ने दोस्रो संस्था बनेको छ । जनवरी २०२० मा स्थापना गरिएको मिडिया फ्रिडम कोलिसन– कन्सल्टेटिभ नेटवर्कको प्रेस स्वतन्त्रता र मिडिया विकासका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरूको समूह हो । जसले मिडिया फ्रिडम कोलिसनको काममा सल्लाह दिन्छ र राज्यको हस्तक्षेप आवश्यक छ भन्ने विश्वास गरिएका घटनाहरुको छनोटलाई सहजीकरण गर्ने गरेको छ । मिडिया अधिकार उल्लंघनका घटनामा दण्डहीनताको समस्यालाई नेपाल, दक्षिण एसिया, दक्षिणपूर्व एसिया र विश्वका धेरै देशले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको छ । मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कले प्रेस स्वतन्त्रता विशेष जोखिममा रहेका देशहरूको विषय र पत्रकार वा मिडिया आउटलेटहरू खतरामा रहेका मामिलाहरू मिडिया फ्रिडम कोलिसनलाई कारवाहीका लागि प्रस्तुत गर्ने गरेको छ । साथै, यसले मिडिया स्वतन्त्रता र मिडिया विकासभित्र वर्तमान र भविष्यका मुद्दाहरूमा सल्लाह पनि दिने गरेको छ ।

२२ सदस्यीय उक्त नेटवर्कमा मिडिया एक्सन नेपालसँगै आर्टिकल १९, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स, डी डब्लु एकेडेमी, फ्री प्रेस अनलिमिटेड, आइफेक्स, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, इन्टरनेशनल मिडिया सपोर्ट, इन्टरन्युज युरोप, पाकिस्तान प्रेस फाउण्डेशन , पब्लिक मिडिया एलायन्स, रिपोर्टरस विदाउट फ्रन्टियर्स, कम्बोडीयन सेन्टर फर ह्युमन राइट्स र द गार्जियन लगायतका सस्थाहरु रहेको छ ।

Comment


Related News

Latest News

Trending News