२०७८ माघ १८, मंगलवार ०७:५३

जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता जितेन्द्र यादवले मुसहर समुदाय मधेशका धर्तीपुत्र रहेका बताएका छन् ।

जनकपुर उपमहानगरपालिका वाडा न १ मुसहरी टोलमा आयोजित भूइया महाराजको पुजा स्थलमा सम्बोधन गर्दै नेता यादवले समाजमा व्यापक विकृतीका कारण रहेको मुसहर समुदाय अगाडि बढन नसकेको बताए । मधेश सरकारले दलित समुदायको आरक्षणको व्यवस्था गरे पनि अशिक्षितका कारण सुबिधाबाट बन्चित मुसहर समुदायलाई शिक्षामा जोडदिन आग्रह गरे । मुसहर समुदाय अहिले पनि राज्यवाट उपेक्षित रहेको भन्दै यत्रो ठूलो पर्वको बारेमा सरकार बेखवर हुनु दुखद रहेको बताएका थिए । उनले उक्त कार्यक्रममा जसपा केन्द्रिय सदस्य चन्देश्वर सादा, प्रदेश सदस्य रामु महरा, जसपा युवा संघ धनुषा जिल्ला अध्यक्ष दिपु कापर लागाईतका व्यक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News