अपडेट 
२०७८ माघ १८, मंगलवार ०७:५६

जनकपुरधाम । पछिल्लो २४ घण्टाको अवधिमा मधेश प्रदेश भरि दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७७ जनामा संक्रमणको पुष्टि भएको छ ।

गत २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा १ सय ११ वटा पीसिआर परीक्षण गर्दा २५ वटा नयाँ पोजिटिभ केस रहेको बताइएको छ । त्यस्तै गजेन्द्र ना.सिंह सगरमाथा अस्पताल, राजविराजमा १० वटा पिसिआर परीक्षण गर्दा ५ वटा नयाँ पोजिटिभ केस, जलेश्वर अस्पताल पिसिआर ल्याबमा २१ वटा पिसिआर परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी सिरहा अस्पताल पिसिआर ल्याबमा ६२ जनामा परीक्षण गर्दा २६ जनामा , गौर अस्पताल रौतहटमा ११ जनामा परीक्षण गदाृ १ जनामा ,कलैया अस्पताल बाराममा ४१ जनामा परीक्षण गर्दा ६ जनामा, नारायणी अस्पताल वीरगञ्जमा ३२ जनामा परीक्षण गर्दा ८ जनामा संक्रमणको पुष्टि भएको प्रयोगशालाले जनाएको छ । त्यसैगरी धरान स्थित प्रयोगशालाबाट प्राप्त २ वटा र माडर अस्पताल, सिरहाबाट प्राप्त १ वटा पोजिटिभ केस फेला परेको बताइएको छ । कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टा भित्र मृत्यु हुनेहरुमा रौतहट राजपुर नगरपालिका–१का ७७ वर्षीय पुरुष तथा सप्तरी जिल्लाको राजविराज नगरपालिका–१५ का ७० वर्षीय पुरुष रहेको जनाइएको छ ।

यसै संग मधेश प्रदेशभरि कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या १ हजार ५३ पुगेको छ । मृत्यु हुनेहरुमा सप्तरीको १ सय ६०, सिरहाको १ सय ३५, धनुषाको १ सय ३२, महोत्तरीको ९१, सर्लाही ९३, रौतहट १ सय २९, बारा १ सय ८०, पर्सा १ सय ३२ तथा एक जना भारतीय नागरिकको कोरोना संक्रमणको कारण मृत्यु भएको मधेश प्रदेश प्रयोगशालाले जनाएको छ । त्यसै गरी प्रदेशभरि कोरोना संक्रमित हुनेहरुको संख्या ४१ हजार २५ पुगेको छ । त्यस्तै कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ३८ हजार १ सय ३१ रहेको प्रयोगशालाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News