२०७८ माघ १८, मंगलवार ०८:०१

गौर । समायोजन पछि नव गठित जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटको पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

सदरमुकाम गौरमा रहेको रौतहट उद्योग वाणिज्य संघको सभा कक्षमा सोमबार एक कार्यक्रमबीच पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन् । जनता समाजवादी पार्टीबाट पूर्व राष्ट्रिय जनता पार्टी नेपाल छुट्टिएर लोकतान्त्रिक जनता पार्टी बने पश्चात भएको समायोजन पछि गठन भएको नयाँ जिल्ला कार्य समितिको १ सय ७७ जना पदाधिकारीहरुलाई जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । कार्यक्रममा मधेश प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले जनता समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा मुलुकमा स्थापित हुने दाबी गरे । राज्य मन्त्री यादवले मधेशी जनताको हक अधिकारको सवालमा जसपा पार्टी गम्भीर भएर अघि बढ्दै गएको जिकिर गर्दै मधेशी ,आदिवासी ,जनजाती, दलित , विपन्न वर्ग समुदाय , मुस्लिम , महिलाको समानताको लागि संघर्ष गर्ने नयाँ शक्तिको रुपमा जसपा उदय हुने समेत दाबी गरे । समायोजनबाट गठन भएको नयाँ जिल्ला समन्वय समितिमा समावेशीको आधारमा थप गर्दै जाने आश्वासन दिँदै उनले पार्टीको हक हितमा इमान्दारिता पूर्वक काम गर्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश सांसद राम किशोर यादव , पूर्व संविधान सभासद रम्भा देवी यादव , केन्द्रीय सदस्य विश्वनाथ पटेल , प्रदेश सदस्य बृज किशोर यादव , माधव नारायण नगरपालिका प्रमुख बिरेन्द्र यादव , जिल्ला समन्वय समिति कार्यालयका उपाध्यक्ष राम असिस यादव , गौर नगरपालिका उपप्रमुख किरण कुमारी ठाकुर , जसपा नेता रामेश्वर प्रसाद यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News