२०७८ माघ १८, मंगलवार ०८:०५

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीका पुरानो कर्मचारीको आन्दोलन जारी रहेको छ ।

दोस्रो चरणमा नेपाल रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधाममा रहेको रेल्वेको प्रशासनिक कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दी गरी निरन्तर धर्ना प्रदर्शन गर्दै आएका संघर्षरत कर्मचारीहरुले लगाएको ताल्चा कम्पनी प्रशासनले प्रहरी लगाएर तोडेका थिए । आइतबार बेलुकी ताल्चा फुटाएपछि सोमबार आक्रोशित बनेका कर्मचारी पुनः तालाबन्दी गर्न पुगेका थिए । सोमबार बिहान तालाबन्दीको क्रममा महाप्रबन्धक निरंजन झाले प्रहरी परिचालन गराएर बल प्रयोग गरी तालाबन्दी गर्न नदिएको संघर्ष समितिका दिलिप साहले बताए । कार्यालयमा लगाएको ताला प्रहरीले तोडेपछि पुराना कर्मचारी पुनः आन्दोलित भई सोमबार जनकपुरधाम रेल्वे स्टेशनमा विरोध प्रदर्शन गरेका छन् । नयाँ भर्ना गरिएका कर्मचारीहरुको भर्ना प्रक्रिया अवैध रहेको पुराना तालिम प्राप्त कर्मचारीहरुलाई पुनर्बहाली गर्नु पर्ने माग अघि सार्दै कर्मचारीहरुले प्रदर्शन गरेका हुन् ।

शुक्रबार जनकपुरधाममा नेपाल रेल्वे कम्पनीको कार्यालयमा रेल्वे कर्मचारी संघर्ष समितिले तालाबन्दी गरेका थिए । उनीहरूले नेपाल रेल्वे कम्पनीद्वारा सञ्चालित तालिम बन्द गर्नुपर्ने, प्रहरी परिचालन गरेर सञ्चालन भईरहेको तालिम बन्द हुनुपर्ने, पुरानो तालिम प्राप्त कर्मचारीलाई बहाली गर्नुपर्ने, आफूहरूको पुरानो पारिश्रमिक भुक्तानी गर्नुपर्ने लगायतका माग राखेका छन् । यसैबीच आन्दोलित कर्मचारीहरुले जुलुश प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा गई सहायक प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो पोखेका छन् । सहायक प्रजिअ प्रदर्शनी कुमारीले महाप्रबन्धक झा पारिवारिक विशेष काममा व्यस्त रहेकोले उनी आएपछि फागुन १ गते पछि वार्ताको लागि पहल गर्ने आश्वासन दिएको आन्दोलित कर्मचारीहरुले बताए ।

Comment


Related News

Latest News

Trending News