२०७८ माघ १८, मंगलवार ०८:१०

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालका पार्टी कार्यालयको स्थापना गरिएको छ ।

सोमबार आयोजित एक कार्यक्रमबीच कार्यालयको उद्घाटन गरिएको छ । जसपा नेपाल हंसपुर नगर कार्य समितिका अध्यक्ष रामनारायण कापडिको अध्यक्षता तथा प्रमुख जसपाका केन्द्रीय सदस्य दीपक कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबीच कार्यालयको उद्घाटन गरिएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्र मण्डल, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष जितेन्द्र यादव, अतिथि प्रदेश देवकृष्ण मण्डल, समाजवादी युवा संघ, धनुषा अध्यक्ष दिपेन्द्र कापरी र जिल्ला सदस्य श्याम राउत, हंसपुर नगरपालिकामा निर्वाचित वडाअध्यक्ष उदय सिंह र शिवशंकर साह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News