२०७८ माघ १८, मंगलवार ०८:१२

जनकपुरधाम । लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति मस्यौदा प्रस्तुतिकरण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

जनकपुरधाम उप– महानगरपालिकाको आयोजना तथा नेपाल शहरी उत्थानशीलता परियोजना ( सुडृढ ) को आर्थिक सहयोगमा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा दलित,महिला,अपांगता भएका व्यक्तिहरु लगायतका लक्षित वर्गको लागि कार्यरत संघ संस्थाका करिब दुई दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो । जउनपाकी उपमेयर रीता झाको अध्यक्षता तथा सृदृढ परियोजनाका कन्सलटेन्ट गुञ्जा रायको सहजीकरणमा भएको सो गोष्ठीमा सहभागीहरुले जउनपाले महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने योजनाहरुबारे बनाइने नीति तथा कार्यक्रमको बारेमा छलफल गरिएको छ । कार्यक्रममा उपमेयर झाले हिंसामा परेका महिलाहरुलाई रोजगारी ,सीपमूलक तालिम सहितका कार्यक्रमहरु सञ्चालनको लागि वृहत् रुपमा छलफलको आयोजना गरी आगामी रणनीति तय गर्न सजिलो हुने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताइन् । उनले संघीय सरकारबाट उपमहानगरपालिका क्षेत्रका हिंसा पीडित महिलाहरुको लागि शसक्तिकरण कार्यक्रमको लागि २ करोड बजेट समेत आइसकेको जानकारी दिँदै उपमेयर झाले भनिन,‘महिलाहरुको लागि रोजगार तथा सीपमूलक तालिम दिँदै उनीहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउने कामको लागि कार्यक्रम सञ्चालन गर्नु अघि विभिन्न सरोकारवाबालाहरुसंग छलफल गर्न गोष्ठीको आयोजना गरिएको छ ।’कार्यक्रममा ओरेक धनुषा ,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनिधि,ईन्सेक धनुषाका प्रतिनिधि लगायतका सरोकारबाला संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News