जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाले दुई सय ८० जनालाई कम्बल वितरण गरेको छ ।
उप– महानगरपालिकाको वडा १८ का महुवा र भोइलका दुई सय ८० जना गरिब, विपन्नलाई कम्वल वितरण गरेको हो । सोमबार एक कार्यक्रबीच जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले उनीहरुलाई कम्बल वितरण गरेका थिए । कम्बल वितरण कार्यक्रममा मेयर साहले जाडो दिन प्रतिदिन बढ्दै गएको प्रति आपूmहरु संवेदनशील रहेको तर, कानूनी प्रक्रियाले कम्बल वितरणमा ढिलाई भएको बताए । उनले स्थानीय सरकार आफ्नो उत्तरदायित्व अनुसार नै कम्बल वितरण गरेको बताए । गरिबी रेखामुनि रहेकाहरुको पहिचान गर्न जउनपा तत्पर रहेको बताउँदै मेयर साहले भने–‘गरिबी रेखामुिन रहेका व्यक्तिहरुको जीवन स्तर उकास्न उप–महानगरपालिकाले कुनै कसर बाँकी राख्नै छैन् ।’ हामीले अहिले दुई सय ८० जनालाई कम्बल वितरण गरेको र छुटेकाहरुलाई आगामी दिनमा उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे । जाडो छल्न यस भन्दा पहिला दाउरा वितरण गरेको बताउँदै मेयर साहले सरकारी खरीद प्रक्रियामा ढिलाई भएको जानकारी दिए ।

