अपडेट 
२०७८ माघ १८, मंगलवार ११:३३

भारतमा सोमबार १.६७ लाख नयाँ संक्रमित भेटिएका छन् । यो समय अवधिमा २.५४ लाख निको पनि भए भने ११९२ जनाको मृत्यु भएको छ । यसको एकदिन अघि आइतबार २,०९,९१८ लाख संक्रमित भेटिएकाम थिए । अघिल्लो दिनको तुलनामा ४४,१५८ कम संक्रमित भेटिएका छन् अर्थात् नयाँ संक्रमितमा २५.६५ को कमी देखिएको छ ।

तेस्रो लहर उत्कर्षमा पुगेको २० दिनपछि २ लाखभन्दा कम नयाँ संक्रमित भेटिएका हुन् । ११ जनवरीमा १.९४ लाख नयाँ संक्रमित भेटिएका थिए अर्थात् २० दिनपछि २ लाखभन्दा कम नयाँ संक्रमित भेटिएका छन् । २० जनवरीमा सबैभन्दा धेरै ३.४७ लाख नयाँ संक्रमित भेटिएका थिए । २० जनवरीपछि कोरोना केसमा लगातार गिरावट देखिएको छ । आइतबार २.०९ लाख र शनिबार २.३४ लाख नयाँ संक्रमित भेटिएका थिए ।

सोमबार पोजिटिभिटी रेट ११.६९ प्रतिशत दर्ता गरियो । यसअघि आइतबार पोजिटिभिटी दर १५.७७ थियो । पोजिटिभिटी रेटमा ४.०८ प्रतिशतको कमी देखिएको छ । भारतमा हाल कुल सक्रिय संक्रमितको संख्या १७.४३ लाख छ । अघिल्लो दिनको तुलनामा सक्रिय संक्रमितमा करिब ८७,४१४ को कमी भएको छ ।

Comment


Related News

Latest News

Trending News