२०७८ माघ १८, मंगलवार १५:१३

प्रहरीले दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट बिल बिनाको करीब १३ केजी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साह रहेका छन् । ना १ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा साहलाई उक्त सामानसहित पक्राउ गरेको हो ।

उक्त गाडी चढेर साह बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बेला पक्राउ परेका बताइएको छ । उनीमाथि थप अनुसन्धान भइरहे‍को प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News