अपडेट 
२०७८ माघ १८, मंगलवार १६:४१

आइपिएल २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश भएका छन् ।

अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा सन्दीपको नाम मात्र समावेश भएको हो । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारू (६४ लाख रूपैयाँ) रहेको छ ।

सन्दीप एसोसिएट खेलाडीको क्याटागोरीमा समावेश छन् । अघिल्लो सिजनमा आइपिएलका कुनै टिममा आबद्ध नभएका सन्दीप त्यसअघि तीन सिजन दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए ।

सन्दीपले दिल्लीबाट सुरुवाती दुई सिजनमा ९ खेल खेले पनि तेस्रो सिजनमा कुनै पनि खेलमा मौका पाउन सकेका थिएनन् । आगामी फेब्रुअरी १२ र १३ मा हुने अक्सनका लागि ५९० क्रिकेटरको नाम समावेश गरिएको छ ।

५९० खेलाडीमध्ये २२८ क्याप्ड, ३५५ अनक्याप्ड र ७ जना एसोसिएट देशका खेलाडी छन् । आइपिएलका १० फ्रेन्चाइज टिमहरू चेन्नई सुपरकिंग्स, दिल्ली क्यापिटल्स, कोलकता नाइटराइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पन्जाव किंग्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंग्लोर, सनराइजर्स हैदरावाद र टिम अहमदावाद रहेका छन् ।

अक्सनका लागि २ करोड भारू अधिकतम मूल्य राखिएको छ जसमा ४८ खेलाडी रहेका छन् । चेन्नई, मुम्बई र दिल्लीले २१ खेलाडी अक्सनबाट लिने सक्नेछन् । जसमा ७ जनासम्म विदेशी खेलाडी हुन सक्नेछन् ।

यस्तै कोलकताले २१ खेलाडी मध्ये ६ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न सक्नेछ । लखनउले २२ खेलाडी मध्ये ७ जना विदेशी खेलाडी टिममा राख्न पाउनेछ ।

पञ्जावले २३ मध्ये ८ विदेशी खेलाडी टिममा भित्र्याउन सक्नेछ । राजस्थान, बेंग्लोर, हैदरावाद र अमदावादले २२ मध्ये ७ विदेशी खेलाडी टिममा आबद्ध गर्न सक्नेछन् ।

Comment


Related News

Latest News

Trending News