अपडेट 
२०७८ माघ १८, मंगलवार १७:०४

नेपालमा थप ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ७ सय ७६ पिसिआर परिक्षणका क्रममा ३ हजार ६ सय ५७ जना र ६ हजार ८ सय ९८ एन्टीजेन परिक्षणका क्रममा १ हजार ९ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ७ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ८ हजार २ सय ६७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ७१ हजार १ सय ६५ जना निको भएका छन् । हाल नेपालमा ७४ हजार ६ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Comment


Related News

Latest News

Trending News