जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता जितेन्द्र यादवले जनता समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा अगाडि बढि रहेको बताएका छन् ।
जनकपुरधामको स्टेशन एरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा युवा नेता यादवले जसपामा प्रवेशको लहर चलि रहेको बताउँदै जनता वैकल्पिक शक्तिलाई बलियो बनाउन तिर लागेको उनले बताए । उनले प्रदेश सरकार मदरसा विधेयक छिट्टै पारित गर्ने जानकारी दिएका थिए । मदरसा विधेयक सदनको बिशेष समितिमा गइसके पछि पनि नेपाली कांग्रेस , नेकपा एमाले, लोसपाले व्यापक विरोध गरिएकोमा आपत्ति जनाए । मुस्लिम, दलित, जनजाति, आदिवासी, पिछडावर्ग तथा सिमान्त सम्पूर्ण उत्पीडित समुदायबाट मत लिने माध्यम मात्रै नरहेकोले जसपा नेपाल अधिकार सम्पन्न बनाउन छिट्टै पारित हुने बताए । जसपा मुलुकमै अधिकारवादीहरुको लागि वैकल्पिक शक्तिको रुपमा उदयीमान पार्टी रहेको दाबी गर्दै उनले संगठन सुदृढिकरणमा ईमान्दारिताका साथ लाग्नु पर्नेमा जोड दिए । उनले मुस्लिम समुदायलाई जनसंख्याको अधारमा अगाडि बढाउन देश र प्रदेशमा समान अधिकारकालागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको उल्लेख गरे । जसपा नगर अध्यक्ष विष्णु देव साहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौँ जना जसपामा प्रवेश गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा संघीय परिषद सदस्य रन्जित चौधरी, प्रदेश सदस्य विजय भगत, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, सचिव घनश्याम यादव, युवा अध्यक्ष दिपु कापडी र नगर उपाध्यक्ष वसिम अकरम सहित का वक्ताले आफ्नो मन्तव्य राखेका थिए । उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस,एमाले लगायतका पार्टी परित्याग गरी २ सय जना भन्दा बढी कार्यकर्ताहरु जसपा नेपाल पार्टीमा प्रवेश गरेका छन् ।


