२०७८ माघ १९, बुधबार ०७:५२

जनकपुरधाम । पछिल्लो २४ घण्टाको अवधिमा मधेश प्रदेशमा १ सय ७९ जनामा परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

मधेश प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दिएको जानकारी अनुसार यहाँको पीसीआर ल्याबमा ९९ वटा पिसिआर परिक्षण गर्दा २४ वटा नयाँ पोजिटिभ केस र ८ जना फ्लोअप विरामी रहेको छ । त्यस्तै गजेन्द्र ना.सिंह सगरमाथा अस्पताल राजविराजमा २२ वटा पिसिआर परीक्षण गर्दा ५ जनामा, सिरहा अस्पताल पिसिआर ल्याबमा २२ वटा पिसिआर परीक्षण गर्दा १४जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । त्यस्तै गौर अस्पताल रौतहटमा ११ वटा पिसिआर परीक्षण गर्दा सबै नेगेटिभ रहेको, नारायणी अस्पताल वीरगञ्जमा २५ वटा पिसिआर परीक्षण गर्दा ११ वटा नयाँ पोजिटिभ केस फेला परेको बताइएको छ । पछिल्लो २४ घण्टा भित्र संक्रमित हुनेहरुको अवस्था सामान्य रहेको र होमआइशोलेशनमा उपचार भइरहेको जनाइएको छ । सो अवधिमा संक्रमित हुनेहरु मध्ये धनुषा जिल्लाको १६ जना,महोत्तरीको ६ जना,सिरहा १४,सप्तरी पाँच ,सर्लाही एक,रौतहट दुई,बारा दुई ,पर्सा ६ तथा अन्य प्रदेशको दुई जनामा संक्रमण रहेको प्रयोगशालाद्वारा जारी तथ्यांकमा उल्लेख रहेको छ । यसैको साथ प्रदेशमा संक्रमित हुनेहरुको संख्या ४१ हजार ७९ पुगेको छ । हाल सम्म प्रदेशभरि मृत्यु हुनेहरुको संख्या १हजार ५३पुगेको छ ।

मृत्यु हुनेहरुमा सप्तरीको १ सय ६०, सिरहाको १ सय ३५, धनुषाको १ सय ३२, महोत्तरीको ९१, सर्लाहीको ९३, रौतहटको १ सय २९, बाराको १ सय ८०, पर्साको १ सय ३२ तथा एक जना भारतीय नागरिकको मधेश प्रदेशमै उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणको कारण मृत्यु हुनेहरुमा ७ सय ६५ पुरुष तथा २ सय ८८ महिला रहेको प्रयोगशालाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News