२०७८ माघ १९, बुधबार ११:११

रौतहटको कटहरिया नगरक्षेत्र भित्र सशस्त्र प्रहरीको टोलीले अवैध सालको काठ बरामद गरेको छ । कटहरिया ९ डुमरिया पुल छेउ को खेतमा पराल मुनि लुकाइराखेको ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीको टोलिले बरामद गरेको हो ।

विशेष  सूचनाको आधारमा सशस्त्र बेस क्याम्प दुधियाभारका प्रमुख ईन्स्पेक्टर मदन रसाइलीको कमान्डमा अस्थायी बेस क्याम्प पोखरभिण्डाबाट गएको संयुक्त टोलीले पराल मुनी लुकाइ छिपाइ राखेको ४ वटा  सालको गोलिया झन्डै २३ क्युफिट  काठ मंगलबार सांझ बरामद गरेको छ ।

बरामद काठ जंगलसहिया सब डिभिजन वन कार्यालयमा बुझाइएको तथा उक्त काठ कसले त्यहाँ राखेको हो सो बारे अनुसंधान भैरहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका प्रमुख एसपी ध्रुव कार्कीले रातोपाटी जानकारी दिए  ।पछिल्लो समय सितलहर संगै राती राती हुसु लाग्न थालेपछि डुमरिया गाउँका केही बारमासे काठ तस्कर राष्ट्रिय वनबाट अवैरूपमा सालको काठ ल्याउन सक्रिय भएको प्रत्यक्षदर्शीहरुले बताए ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=2s

Comment


Related News

Latest News

Trending News