२०७८ माघ २०, बिहीबार ०७:५२
वीरगञ्ज । मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
मंगलबार राती पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिष्वा चोकबाट वीरगञ्ज–२ का २० वर्षीय मोहम्द अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बाराको फेटा गाउँपालिका–३ का ३१ वर्षीय नरेश प्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको कालो रंगको १ सय ६० सिसिको अपाचे मोटरसाइकल पार्किङ गरेर राखिएको अवस्थामा मोहम्द अलीले लक तोडेर भाग्दै गर्दा प्रहरी चौकी भिष्वाडाडाँबाट खटेका प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका अलीलाई चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी प्रहरीले थप अनुसन्धान भइरहेको जनाइएको छ ।

