२०७८ माघ २०, बिहीबार ०७:५३
विश्व सीमसार दिवसको अवसरमा सिमरा स्थित थानिमाई सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण गरेको छ ।
थानिमाई सामुदायिक वन उपभोक्ता समूह क्षेत्र भित्र निर्माण हुन लागेको पोखरी वरिपरि समितिले विभिन्न जातको विरुवाहरु रोपेको समितिका अध्यक्ष गोबिन्द अधिकारी बिनोदले जानकारी दिए । करिब १५ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको पोखरी स्थलमा अहिले पोखरी खन्ने काम भईरहेको छ । सीमसार क्षेत्र निर्माणकोलागि बहुराष्ट्रिय कम्पनी सुर्य नेपालले आर्थिक सहयोग गरिरहेको अध्यक्ष बिनोदले बताए । वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय बारा, सिमराका प्रमुख मञ्जुर अहमद सहितका उल्लेखनीय सहभागिता रहेको थियो ।

