२०७८ माघ २०, बिहीबार ०७:५५

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–२ मधपुरामा चिसो पीडित ६५ परिवारलाई न्यानो कपडा तथा कम्बल वितरण गरिएको छ ।

ईन्दु साह फाउण्डेशनले बुधबार एक कार्यक्रमको आयोजना गरी दलित तथा विपन्न मुसहर तथा डोम समुदायका ६५ परिवारलाई न्यानो कपडा सहितका सामग्री वितरण गरेको हो । फाउन्डेसनका अध्यक्ष उपेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का महोत्तरी अध्यक्ष एवं फाउण्डेशनका उपाध्यक्ष रामप्रकाश यादव सहितकाले चिसो पीडितहरुलाई सामग्री प्रदान गरेका थिए । फाउण्डेशनका कोषाध्यक्ष राजबाबु साहको अग्रसरतामा भएको सो कार्यक्रममा स्थानीय वडाअध्यक्ष रामएकवाल दास,स्थानीय समाजसेवी दीपेन्द्र कुमार साह,रानीदेवी साह,रीना साह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News