पर्सा । हिन्दु परिषद नेपालको सहयोगमा बाबा दुधेश्वरनाथ भाठा धाममा मेला लाग्ने भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथ्लैया बारामा सर्वपक्षिय छलफलबाट पर्सा जिल्लाकै गौरबको रुपमा रहेको दुधेश्वरनाथ भाठा धामको मेलालाई निरन्तरता दिने र भव्य तथा सभ्य तरिकाले मनाउने र सम्पुर्ण सरोकार वालाहरुले रचनात्मक भुमिका निर्वाह गर्ने सहमति भएको हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले जानकारी दिनु भयो ।
छलफलमा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथ्लैया बाराका सहायक संरक्षक अधिकृत संतोष भगत, अरबिन्द यादव, नेपाली सेनाका सह सेनानी तिर्थ बहादर खत्री, भाठा मन्दिर समितिका अध्यक्ष अलखदेव प्रसाद थारु, मेला समितिका अध्यक्ष निरज सरार्फ, हिन्दु परिषद नेपालका कन्द्रिय अध्यक्ष सन्तोष पटेल,केन्द्रिय सदस्य एवम् अधिवक्ता बिनोद प्रसाद कुर्मी, कावरीया संघका गेनालाल पटेल, मेला संरक्षण समितिका सदस्य बिष्णु सरार्फ, रेन्जर बिष्णु कलौनी र बिष्णु पौडेल, नायब सुब्बा रमेश गुप्ता, पटेर्वासुगौली गाउँपालिका वडा नं. ०४का वडा अध्यक्ष राजेश्वर महतो लगायतको सहभागीता रहेको थियो ।
मेलामा मास्र्क अनिवार्य लगाउने, सरसफाई गर्ने, एकै ठाउँमा धेरैको शंख्यामा भिड नगर्ने, चर्को स्वरमा ध्वनी प्रदुषण नगर्ने, जंगलका जनावरलाई उत्तेजीत पर्ने कार्य नगर्ने, शान्ति सुरक्षाको ख्याल राख्ने, अपराधीक एवम् गैर कानुनी क्रियाकलाप गर्ने व्यक्तिबाट सजग रहने लगायतको कार्यलाई प्रमुखताका साथ पाल्ना गर्ने सहमती भएको हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले जानकारी दिनु भयो ।
भाठाधाममा पुजाको लागि आउने सद्धालु भक्तजनलाई सहजरुपमा प्रवेश दिने व्यवस्थापन गर्ने पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथ्लैया बाराले जनाएको छ । ऋषि पंञ्चमीको दिन भाठा धाममा बिशेष पुजा पाठ हुने गरेको छ । यो क्षेत्र मध्य तराई र भारत बिहारका क्षेत्रमा निकै लोक प्रिय रहेको छ ।

