अपडेट 
२०७८ माघ २१, शुक्रबार ०७:३४

राजविराज । डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाडा स्थित एसएलपी माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको चुनावको माग गर्दै जारी रिले अनशन तेश्रो दिन पनि जारी रहेको छ ।

समितिको कार्यकाल समाप्त भएको दुई वर्षभन्दा बढी भइसक्दा पनि चुनाव नगराएको भन्दै अभिभावकहरुले मंगलबारदेखि विद्यालय परिसरमा दवाव दिने अभिप्रायले थालेको अनशन विहीबार पनि जारी रहेको थियो । अनशनमा बसेकाहरुले माग पुरा नभए आमरण अनशनमा बस्ने चेतावनी समेत दिएका छन् । स्थानीय अभिभावक महेश्वर प्रसाद महतो, सियाराम यादव, प्रमेश्वर मण्डल, बीरेन्द्र दास, जयलाल यादव लगायतले यथाशीघ्र निर्वाचन गराउनु पर्ने माग गर्दै आन्दोलित भएका हुन् । २०७३ सालमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको थियो भने समितिको कार्यकाल समाप्त भएको पनि दुई वर्ष नाघिसकेको छ । तीन वर्षे कार्यकाल रहे पनि पाँच वर्ष बित्न लाग्दा समेत निर्वाचन गर्न आलटाल गरेकोले आन्दोलनमा उत्रेको अभिभावकको आरोप छ । उनीहरुले व्यवस्थापन समिति गठन नहुँदा विद्यालयका सयौं विद्यार्थी प्रदेश तथा संघीय सरकारबाट पाउने विभिन्न सेवा सुविधाबाट बञ्चित हुनु परेको गुनासो समेत पोखेका छन् । स्थानीय अभिभावक रामचन्द्र महेतोले व्यवस्थापन समिति गठन नभएकै कारण प्रदेश सरकारबाट बेटी पढाउ बेटी बचाऊ अभियान अन्तरर्गत छोरीहरुले पाउने साइकल लगायतका अन्य सुविधा पाउन नसकेको गुनासो गरे ।

यसअघि पटक–पटक भएको अभिभावक भेलाबाट समयमै सहमतिबाट नभए निर्वाचन प्रक्रियाबाट व्यवस्थापन समिति गठन गर्नु पर्ने समझदारी भए पनि कार्यान्वयन हुन नसक्दा बाध्य भइ अनिश्चितकालीन रिले अनशन सुरु गरेको र अविलम्ब माग पूरा नगरिए आमरण अनशनमा बस्ने तयारी गरिएको अर्का अभिभावक महेश्वर प्रसाद महतोले बताए । विद्यालय प्रशासन र नगरपालिका समेत निर्वाचन गराउन उदासीन रहेको अभिभावकहरुको आरोप छ । विद्यालयका प्रधानाध्यापक देवु यादवले कोरोनाका कारण विद्यालय व्यवस्थापन समितिको निर्वाचन समयमै गराउन नसकिएको बाध्यता व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News