२०७८ माघ २१, शुक्रबार ०७:३६

कलैया । बाराको कोल्हवी नगरपालिकाका–११ रामपूर्वाका वडा सचिव घूस लिँदालिँदै पक्राउ परेका छन् ।

वडा सचिव नायब सुब्बा विनोद प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूस लिँदा लिँदै पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसंग घूस माग गरिरहेको सूचना एवम् उजुरीको आधारमा आयोगको कार्यालय हेटौडाको टोलीले साहलाई पक्राउ विहीबार पक्राउ गरेको हो । सेवाग्राहीसंग घूस वापतको रकम ३ हजार ५ सय लिइसकेको अवस्थामा रकमसहित रंगेहात साहलाई पक्राउ गरिएको आयोगको कार्यालय हेटौडाका सहायक सूचना अधिकारी वेद प्रसाद भण्डारीले जानकारी दिए । पक्राउ परेका वडा सचिव साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News