अपडेट 
२०७८ माघ २१, शुक्रबार ०७:५६

गरुडा । रौतहटको मौलापुर नगरपालिकाले ल्याण्ड पुलिङका लागि भन्दै मापदण्ड विपरीत लालबकैया खोलामा उत्खनन गरेको पाइएको छ ।

नपाले मौलापुरलाई स्मार्ट सिटी अर्थात नयाँ शहर बनाउने उद्देश्यका साथ नगरपालिकाले अहिले ल्याण्ड पुलिङको काम धमाधम गरिरहेको छ । नपाले देवाही मौलापुर सडकखण्डमा पर्ने लालबकैया नदीको पुल भन्दा दक्षिण तिर मापदण्ड विपरीत नदी उत्खनन गरेको भन्दै जिल्ला समन्वय समिति रौतहटले रोक लगाएको हो । मौलापुर घाटमा रहेको लालबकैया खोलामा मापदण्ड विपरीत अवैध रुपमा नदीजन्य पद्धार्थ उत्खनन भएको भन्दै रोक लगाइएको जिससका उपसभापति रामबशिष्ठ राय यादवले बताए । नदीको तटबन्धको नजिकै माटो उत्खन्न गर्दा बाढीले तटबन्धलाई भत्काएर गाउंवस्तीमा प्रवेश गरी ठूलो जनधनको क्षति पु¥याउन सक्ने सम्भावना रहेकोले उत्खनन कार्यमा रोक लगाइएको उपसभापति यादवले बताए । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा सम्बन्धित निकायबाट अनुमति लिनु पर्ने कानूनी प्रावधान छ तर मौलापुर नगरपालिकाले जिल्ला समन्वय समितिसँग कुनै अनुमति नै नलिइ आफ्नै मनोमानी गर्दै जथाभावी रुपमा खोला उत्खनन गर्न थालेपछि आफूहरुले रोक लगाएको उनले स्पष्ट पारे । सरकारले खोलाबाट अवैध तरिकाले ग्राभेल, ढुंगा, माटो, बालुवा उत्खननमा रोक लगाएको लामो समय भइसकेको छ । तथापि जिल्लाको विभिन्न नदी खोलामा अवैध उत्खनन भने जारी नै रहेको छ । मौलापुर शहर निर्माण गर्दा अन्य कुनै मानववस्ती डुबानमा नपरोस भन्दै स्थानीयवासीहरुले विरोध गरे पछि जिससको ध्यानाकर्षण भएको थियो । विरोध लगत्तै तत्काल उत्खननमा रोक लगाइएको छ । जनता समाजवादी पार्टीका नेता एवं मौलापुर पतौराका लखिन्द्र यादवले तटबन्ध भन्दा ५ सय मिटर दूरी भित्रमा कुनै पनि प्रकारको नदीजन्य पद्धार्थ उत्खन्न गर्न नपाइने व्यवस्था भए पनि पूर्व मन्त्री प्रभु साहको श्रीमति रीना साह नगर प्रमुख रहेको मौलापुर नगरपालिकाले तटबन्ध भन्दा ८० मिटर दूरीमा मात्रै अवैध तरिकाले माटो उत्खन्न गर्न लगाएको आरोप लगाए ।

वातावरणीय प्रभाव मूल्यांकन अनुसार उत्खनन भइरहेको क्षेत्रमा ० दशमलव ५ मिटर गहिराइसम्म मात्र नदीजन्य पदार्थ झिक्न मिल्ने भए पनि यहाँ भने १० फिट भन्दा बढी गहिराईसम्म उत्खनन गरेको देखिएको नेता यादवले बताए । मापदण्ड विपरीत प्राकृतिक स्रोत दोहन गर्दा भविष्यमा वस्ती नै संकटमा पर्ने डर भएका कारण आपूmहरु विरोध गर्दा उत्खनन कार्यमा रोक लगाएको नेता यादवले बताए । नेकपा एकीकृत समाजवादी पार्टीका रौतहट जिल्ला अध्यक्ष कमल यादवले मौलापुर नगर प्रमुख रीना साहले मापदण्ड विपरीत गरेको लालबकैया खोला उत्खननले नदी नजिकका गाउँमा बाढी र डुबानको जोखिम बढेको बताएका छन् । खोलाको सतह भन्दा ८ देखि १० फिटभन्दा बढी गहिरो खाडल बनाएर मापदण्ड विपरीत उत्खनन गरिएकोले आफूहरु चौतर्फी रुपमा विरोध गर्दा हाल नगरपालिकाले उत्खनन गर्न छाडेको नेकपा एसका जिल्ला अध्यक्ष यादवले बताए । मौलापुर नगरपालिकाले आफूखुशी खोला उत्खनन गर्दा असार साउनमा नदीमा आउने बाढीले मानववस्तीमा डुबानमा परी व्यापक जनधनको क्षति पु¥याउने भन्दै स्थानीयहरुले विरोध समेत गरेका थिए । स्थानीयहरुले चौतर्फी विरोध गर्नथालेपछि अहिले खोलामा उत्खन्नको काम रोकिएको छ । यता मौलापुर नगर प्रमुख रीना साहले ल्याण्ड पुलिङको उदाहरणीय काम देखेर हरेस खाएका केही व्यक्तिहरुले विकास निर्माण कार्यलाई प्रभावित गर्न खोजेको आरोप लगाएकी छिन् ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=3s

Comment


Related News

Latest News

Trending News