जनकपुरधाम । २०५२ साल देखि नभएको शिक्षक दरवन्दी मिलान कार्य जनकपुरधाम उप–महानगरपालिकाले गरेको छ ।
उप–महानगरपालिकाका मेयर लाल किशोर साहको नेतृत्वमा रहेको कार्यदलले दरवन्दी मिलान कार्य सम्पन्न गरेको हो । स्थानीय तह गठन हुनु भन्दा पहिला शिक्षकहरु शहर क्षेत्र भित्रमा रहने चाहना अनुसार दरबन्दी मिलान हुन सकेको थिएन् । दरवन्दी मिलानको सन्दर्भमा उप– महानगरपालिकाका प्रधानाध्यापकहरुले पटक– पटक ताकेता गरेको र निर्णय समेत गरेर दिईएको अनुसार दरवन्दी मिलान गरिएको मेयर साहले बताए । उनले अधिकांश विद्यालयहरु जहाँ दलित, मुस्लिम, आर्थिक रुपले विपन्न, पिछडिएका वर्गका विद्यालयहरुमा शिक्षकहरुको अभावले व्यापक जनगुनासो समेतलाई मध्य नजर गरी शिक्षकहरुको दरवन्दी मिलान गरिएको बताए । जनकपुरधाम उप–महानगरपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम र शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट शिक्षक दरवन्दी मिलान नगरे शिक्षकको तलब भत्ता अनुदान रोक्का गरिने पटक पटकको ताकेता गरिएको थियो ।
त्यस केन्द्रबाट शिक्षण दरवन्दी मिलान कार्यविधि २०७६ र जनकपुरधाम उप–महानगरपालिकाको शिक्षा ऐन २०७७ बमोजिम विद्यार्थीहरुको संख्या (५० वटा विद्यार्थीमा १ शिक्षक) र निम्नमाध्यमिक विद्यालय र माध्यमिक विद्यालयमा विषयगत रुपमा दरवन्दी मिलान गरिएको हो । प्राथमिक तहमा विद्यार्थी संख्याको आधारमा, निम्नमाध्यमिक र माध्यमिक तहमा विषयगत र विद्यार्थीको संख्याको आधारमा दरवन्दी मिलान गरिएको छ । शिक्षक दरवन्दी मिलान प्रत्येक बर्ष हुनु पर्ने नभए कम्तीमा दुई वर्षमा एक पटक हुनुपर्ने प्रावधान रहे पनि २०५२ देखि हुन सकेको थिएन् । अहिले पनि प्रावि, निमावि, मावि र कक्षा ११ र १२ कालागि शिक्षकहरु अपुग रहेको छ । निमाविमा ४३, माविमा ३० तथा कक्षा ११ र १२ कालागि २६ जना शिक्षकहरु अपुग रहेको छ ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=3s

