अपडेट 
२०७८ माघ २१, शुक्रबार १०:४१

जनकपुरधाम । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको नाफामा ३५ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक बर्ष २०७८/७९ को दोश्रो त्रैमासिकमा संस्थाको खुद नाफामा ३५ प्रतिशतले वृद्धि भइ ८८ लाख ९९ हजार आर्जन गरेको संस्थाका सीईओ धीरेन्द्र लाल कर्णले जानकारी दिएका छन् । संस्थाले यस अघि गत आर्थिक वर्षको सोही अवधिमा ६४ लाख २४ हजार खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा स्वस्तिक लघुवित्तको खुद ब्याज आम्दानी ४९.६२ प्रतिशतले बृद्धि भइ २ करोड १३ लाख ७२ हजार आर्जन गर्न सफल भएको जनाइएको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ४२ लाख ८४ हजार खुद ब्याज आम्दानी गरेको थियो । समिक्षा अवधिमा स्वस्तिक लघुवित्तको संचालन नाफा ४३ प्रतिशत वृद्धि भएर १ करोड ४ लाख ४१ हजार पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७२ लाख ७५ हजार संचालन नाफा समेत संस्थाले आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा स्वस्तिक लघुवित्तको प्रतिशत शेयर आम्दानी २५ रुपैयाँ ११ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ५० रुपैयाँ ६४ पैसा रहेको छ । स्वस्तिक लघुवित्तको कस्ट अफ फण्ड ९.३१ प्रतिशत र खराब कर्जा १.५० प्रतिशत रहेको सीईओ कर्णले बताए ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=3s

Comment


Related News

Latest News

Trending News